काठमाडौं– बुधबार बिहान निवासवाट पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सुरु भएको छ। उनलाई अस्पताल हुँदै जिल्ला अदालत काठमाडौं लगेर अनुसन्धानका लागि चार दिनको म्याद पनि थप गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उनलाई बयानका लागि लगिएको थियो। सरकारी वकिलसँगै अनुसन्धान अधिकारीहरु बसेर गरेको बयानमा खाणले आफ्नो बचाउको भरपुर प्रयास गरेको एक अधिकृतले बताए।
सुरुमा पक्राउ गर्न गएका प्रहरीहरुलाई अस्वीकार गर्दै बल प्रयोग गर्न परेकोमा खाणले सरकारी वकिलको कार्यालयमा पनि आफ्नो संलग्नताबारे स्वीकार गर्न चाहेनन्। प्रहरीले सचिव टेकनारायण पाण्डेको मोबाइलमा भएका एसएमएस र अन्य प्रमाणहरुले घुसवापत रकम लिएको देखिएको भनेपछि खाणले प्रतिवाद गर्न खाजेका थिए।
‘बयानका क्रममा सचिव पाण्डे र मन्त्रीकाबीचमा रकम लेनदेनका विषयमा भएको कुराकानीको एसएमएस देखाइएको थियो,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो, ‘उक्त एसएमएस हेरेपछि उनले स्वीकार गरे झै गर्दै रकम लिएको भए पनि नक्कली शरणार्थी भएका मानिसहरु कोही अमेरिका गएका छन्? छैनन् भने कसरी ठगी हुन्छ? भन्दै प्रतिप्रश्न गरे।’
उनले सरकारी वकिललाई रोक्दै ‘म भनु’ भन्दै उक्त प्रकरणमा ठगी नै नभएको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।