• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नक्कली शरणार्थी प्रकरण:

नेताहरुलाई जोगाउने प्रयत्न असफल : खाण पक्राउ, रायमाझी निलम्बित

64x64
नेपाल लाइभ बुधबार, वैशाख २७, २०८०  २१:३९
1140x725

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘नेताहरु’लाई जोगाउने शीर्ष नेताहरुले गरेको प्रयास असफल भएको छ। बुधबार नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्।

एमाले सचिव टोपबहादुर रायमाझी फरार नै छन्। उनलाई जोगाउने कोशिस गरेको एमाले पछि हटेको छ। उनलाई पार्टीबाट निलम्बन गर्दै पक्राउ गर्ने बाटो सहज बनाइदिएको छ।

भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्तले उनीहरुकोसमेत संलग्नता रहेको बयानका क्रममा बताएका थिए। शरणार्थी बनाएर अमेरिका लैजाने लोभ देखाइएका सर्वसाधारणबाट उठाइएको करौडौं रुपैयाँको ठूलो हिस्सा उनीहरुलाईसमेत बुझाएको बयानमा क्रममा उल्लेख गरेका छन्।

खाणको जोगिने प्रयास असफल
गृहमन्त्री बालकृष्ण खाणसमेत उक्त प्रकरणमा प्रत्यक्ष संलग्न रहेको विचौलियाहरुले बयान दिएका छन्। सुरुमा उनीहरुले खाणकोसमेत नाम खोलेको बयानलाई लिखितमा उतार्नसमेत आनाकानी गरिएको थियो।

प्रहरी स्रोतका अनुसार सानु भण्डारीले गत चैत १३ गते दिएको बयानमा खाणको नाम लिएका थिए। कांग्रेससमेत सरकारमा रहेको समयमा सोही पार्टीका प्रभावशाली नेताको नाम आएपछि ‘बयान नोट’ गर्न हच्किएको आरोप एमालेको थियो।

एमाले अध्यक्ष ओलीले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँको भेटमा खाणलगायतलाई जोगाएर आफ्ना नेतालाई मात्रै फसाउन खोजिएको भन्दै आपत्ति जनाएका थिए। भेटपछि प्रतिक्रिया दिने क्रममा पनि उनले ‘दोषी उम्काउन खोजिएमा नसहने’ भन्दै चेतावनी दिएका थिए। 

यो प्रकरणमा प्रहरीले अनुसन्धान थालेपछि बयान फेर्न खाणका पक्षबाट एक नेता विचौलियाकहाँसमेत पुगेका थिए। नाम नपोल्ने शर्तमा आवश्यक सहयोग गर्न सकिने प्रलोभन खाणका पक्षबाट दिइएको थियो।

खाणलाई पक्राउ गर्नुपर्ने आधार पेस गर्दै मंगलबार नै जिल्ला अदालत काठमाडौंसँग पक्राउ पुर्जीका लागि प्रहरीले अुनरोध गरेको थियो। आफूलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिन खोजेको सूचना पाएपछि खाणले फरार हुने तयारी गरेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार खाणले आफू पक्राउ पर्ने आशंकाकाबीच मंगलबार बेलुकी नै मोबाइल अफ गरेका थिए। मंगलबार ८ बजेसम्म एक्टिभ देखिएको खाणको मोबाइल त्यसपछि भने स्विचअफ देखिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

मोबाइल अफ हुनु अगाडिसम्म उनको अन्तिम लोकेशन काठमाडौंको कोटेश्वर देखिएको थियो। तर त्यसपछि मोबाइल स्विचअफ गरेर खाण सम्पर्कविहीन बनेका थिए।

प्रहरीको टोलीले मंगलबार रातभर नै खाणको खोजी गरेको थियो। बुधबार बिहान मात्रै उनी चाबहिलस्थित निवासमा रहेको पत्ता लागेको थियो। खाणको निजी घर नभए पनि उनी चाबहिलस्थित घरमा लामो समयदेखि बस्दै आएका थिए।

बुधबार पक्राउ गर्न जाँदासमेत खाण सहजै प्रहरीकहाँ आएनन्। माथिल्लो तलामा रहेको कोठामा चुकुल लगाएर बसेका उनले ढोका नखोलेपछि प्रहरी ढोका फोडेरै भित्र पसेको थियो। 

खाणले जोगिने र देउवाले उनलाई जोगाउन गरेको प्रयास तत्कालका लागि असफल भएको छ। खाणका सहयोगी नरेन्द्र केसीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

Xtrem

Xtrem

खाणका लागि उनकी पत्नी एवं सांसद मञ्जु खाणलाई पैसा बुझाएको एउटा अडियोसमेत सार्वजनिक भएको छ। उक्त अडियो प्रविधिमार्फत् बनाइएको भन्दै त्यहाँ नाम उल्लेखितमध्ये एक आरजु राणा देउवाले प्रहरीमा उजुरी दिएकी छिन्।

ओलीले भाग्दैनन् भनेका रायमाझी कहाँ छन्?
प्रहरीले खाणभन्दा पहिले एमाले सचिव रायमाझीलाई पक्राउ गर्न खोजेको थियो। त्यहीअनुसार तयारी गरे पनि हालसम्म प्रहरीलाई सफलता मिलिसकेको छैन।

रायमाझीलाई प्रहरीले पक्राउ गर्न खोजेपछि त्यसको ‌ओलीले बचाउ गरेका थिए। उक्त विषयमा प्रचण्डको ध्यानाकर्षणसमेत गराएका थिए। रायमाझीका लागि काटिएको चेकसमेत विचौलियासँगै रहेको उल्लेख गर्दै उनले भनेका थिए, ‘यो तानिएको हो कि तनाएको हो भनेर हामी अध्ययन गर्दैछौं। अध्ययन गरेपछि हामी आफ्नो धारणा बाहिर ल्याउँछौं।’

एकैपटक अहिले ४ वर्षअगाडिका चेक काटेका, चेक जसले काट्यो उसैसँग रहेको भन्दै सरकारको कदमप्रति आशंका जताएका थिए। साथै उनले रायमाझी नभाग्नेसमेत बताएका थिए।

उनको दाबी थियो, ‘एउटा सांसद, एउटा पटकपटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको, पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटामा हिँड्दाहिँड्दै समाउनुपर्ने, त्यस्तो खालको, रहस्यपूर्ण छ। किन, उहाँ भागेर उम्केर कतै जाने खालको मान्छे त होइन।’

तर, रायमाझीलाई लिएर ओलीले गरेको दाबी झुठो सावित भएको छ। रायमाझी अहिलेसम्म प्रहरीको सम्पर्कमा पुगेका छैनन्। बरु देश नै छाडेर बाहिरिएको हुनसक्ने आशंकाहरु सिर्जना भएका छन्। बुधबार रायमाझीले संसद् सचिवालयमा एक पत्र पठाउँदै आफू उपचाररत रहेको बताएका छन्। लगातार १० वटा बैठकमा अनुपस्थित हुँदा निलम्बनमा पर्ने भएकाले उक्त पत्र पठाएका हुन्।

सुरुमा रायमाझीलाई जोगाउन खोजे पनि अहिले एमाले पछि हटेको छ। मंगलबारको सचिवालय बैठकमा अनुसन्धानमा सरकारलाई सघाउने निर्णय गरेको एमालेले बुधबार रायमाझीलाई निलम्बन गरेको छ। 

दबाबमा शीर्ष नेताहरु, तल्लो तहमा आशा 
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ कर्मचारीका साथै नेताहरु तानिन थालेपछि शीर्ष नेताहरुले भेटवार्ता बढाएका छन्। प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पनि छलफल गरेका छन्।

उनीहरु आफैंले मात्र नभएर गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगसमेत छलफल गरेका छन्। निकटस्थ नेताहरु नै प्रकरणमा मुछिएपछि शीर्ष नेताहरु दबाबमा परेका हुन्।

कांग्रेस सभापति देउवाका विश्वास पात्र मानिने खाण पक्राउ परेपछि उनले पदाधिकारी बैठक बोलाएरसमेत छलफल गरेका छन्। पुराना दलका नेताहरुको शासन शैलीमाथि प्रश्न उठिरहेकै बेला यो प्रकरण बाहिरिएको छ। जसले गर्दा आमजन मात्रै होइन, पार्टीकै एक तहका नेता-कार्यकर्तालेसमेत दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्।

कांग्रेस नेता खाण पक्राउ परेकै बेला कांग्रेसका युवा नेताहरु गुरुराज घिमिरे, गोविन्द पोखरेल, भुपेन्द्रजंग शाही, रञ्जित कर्णलगायतले गृहमन्त्री श्रेष्ठको कामको प्रशंसा गरेका छन्। दोषी देखिए आफ्नै परिवारको सदस्यसमेत नछाड्न भन्दै उल्टै ढाडस दिएर आएका छन्।

यसैगरी नेकपा एमालेको सचिवालय बैठकमासमेत रायमाझीका पक्षमा एमाले उभिन नहुनेमा अध्यक्ष ओलीलाई नेताहरुले दबाब दिएका थिए। उक्त प्रकरणमा रायमाझीले प्रहरीलाई यथार्थ बताएर सहयोग गर्नुपर्ने एमाले सचिवालयका अधिकांश सदस्यको भनाइ थियो। जसका कारण एमाले रायमाझीलाई निलम्बन गर्ने अवस्थामा पुगेको हो।

गृहमन्त्री श्रेष्ठले दोषीलाई जहाँ गए पनि नछोड्ने प्रतिबद्धता जनाएका छन्। खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको उनको टिप्पणी छ।

काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन्। दोषीलाई जहाँ गए पनि छोड्दैनौं, यो हाम्रो प्रतिबद्धता हो।’ कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको बताउँदै कारबाही प्रक्रिय तीव्र पार्ने बताएका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  २१:३९
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
सम्बन्धित सामग्री
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको छ । शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता विश्व मुटु दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा उनले नागरिक स्वस्थ नभएसम्म देशको विकास सम्भव नहुने बताउँदै स्वास्थ्य र शिक्षालाई प... शनिबार, असोज १०, २०८३
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)’ सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले विकासशी... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा शनिबार, असोज १०, २०८३
कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्