काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन्।
पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि थप छलफलका लागि बैठक बोलाएका हुन्।
दिउँसो सिंहदबारमा तीन दलका शीर्ष नेताको बैठकपछि उनले आफ्नो पार्टीका शीर्ष नेताको बैठक बोलाएका हुन्। बैठक ५ वजे देउवा निवास धुम्बाराहीमा हुने एक नेताले बताए।
‘सभापतिले आकस्मिक बैठक बोलाउनुभएको छ। हामी जाँदै छौं, ’ एक नेताले भने। छलफलको विषय सार्वजनिक गरिएको छैन।
सार्वजनिक नगरिए पनि मूल विषय भने खाणको पक्राउ र संसदीय सुनुवाइ समितिमा नाम पठाउने रहेको छ। त्यस्तै समितिको सभापतिहरुको बारेमा पनि छलफल हुन सक्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।