काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेताहरुले दोषीलाई पक्राउ गर्न सहयोग गर्ने वचन दिएको बताएका छन्।
सिंहदबारमा शीर्ष नेताको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले आफूले यो प्रकरणमा शीर्ष नेतासँग सहयोगको अपेक्षा गरेको सुनाएको र उनीहरुले निर्दोषलाई हानि नपुग्ने गरी अनुसन्धान गर्न साथ हुने प्रतिवद्धता व्यक्त गरेको बताए।
‘शीर्ष नेतासँग दोषी जोसुकै भए पनि कारबाही गर्नुपर्छ भनेर मैले आड-भरोसा खोजें,’ उनले भने, ‘शीर्ष नेतृत्वले पनि दोषीहरुमाथि कारबाही गर्न आफूहरुको साथ हुने वचन दिनुभएको छ।’
प्रमुख प्रतिपक्षी दलका नेताहरुका बीचमा पनि आफूले निर्दोष फसाउने काम नहुने र दोषी जोसुकै भए पनि नछोड्ने बताएको गृहमन्त्री श्रेष्ठले बताए। उनले आफूले प्रहरीलाई पनि यही निर्देशन दिएको र शीर्ष नेताहरुको बैठकमा पनि यही दोहोर्याएको बताए।
‘गम्भीरतापूर्वक निष्पक्ष अनुसन्धान गर्न प्रहरी लागिपरेको छ,’ उनले भने, ‘जो अनुसन्धानले देखिन्छ, उसलाई प्रहरीले छोड्दैन।’ पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानको प्रक्रियाले दोषी देखाएर पक्राउ गरिएको जवाफ उनले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।