काठमाडौं- नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले सोही पार्टीकी सांसद आरजु राणा देउवाको ठगी प्रकरणमा सार्वजनिक भएको एक अडियोको खण्डन गर्दै सांसदहरुलाई तथ्यपरक रुपमा बोल्न चेतावनी देएकी छन्।
देउवा निकट सांसद न्यौपानेले प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उक्त चेतावनी दिएकी हुन्।
केही दिनअघि देउवा लगायत केही नेतृत्वले नकक्ली शरणार्थी प्रकरणमा पैसा बुझाएको बिचौलियाहरुको एक संवाद अडियो सार्वजनिक भएपछि संसदमा प्रश्न उठेको थियो। सोही विषयलाई लिएर सांसद न्यौपाने देउवाको बचाउमा उत्रिएकी हुन्।
‘अडियोको माध्यमबाट जसलाई जे भन्दे पनि हुने, त्यसैलाई सत्य मान्नुपर्ने? म सोध्न चाहन्छु, बुझेर नबुझेर होमा हो मिलाएर उहाँकै विषयमा तेस्रो व्यक्तिले आपत्तिजनक अडियो निकाल्दा स्वीकार्नुहुन्छ?,’ सांसद न्यौपानेले प्रश्न गरिन्न्।
सांसद् न्यौपानेले उक्त तथ्य सत्यता नजिक नरहेको भन्दै विचार गर्न पनि सांसदहरुलाई भनेकी छन्। ‘हुँदै नभएको पम्फादेवीको नाम लिएर महिलाले भ्रष्टचार गरे भनेर सदनमा लगाएको रटान तथ्यपरक छ? नयाँ पुस्ताका विदुषी माननीयज्यूहरु गलत लाई गलत सहिलाई सही भनौँ। आफूले बोलेका बाण आफैँलाई लाग्ला यो त विचार गरौँ,’ सांसद न्यौपानेले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।