काठमाडौं- नेपाली कांग्रेसकी सांसद आरजु राणाले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छिन्।
उनले आफ्नो नामसमेत उल्लेख भएको अडिओको सन्दर्भमा तथ्यतथ्य सार्वजनिक गरी आवश्यक कारबाही गर्न भन्दै उजुरी दिएकी हुन्।
विभिन्न सञ्चार माध्यमहरुमा सार्वजनिक गरिएको आफ्नो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नो नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् भन्ने प्रश्न उनले उठाएकी छिन्।
‘उक्त अडिओका बारेमा अत्यधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेस गरेको छु’, उनको निवेदनमा भनिएको छ।
उनले निवेदकको माग बमोजिम यथाशीघ्र कारबाहीका लागि अनुरोध गरेकी छिन्। विभिन्न माध्यममा सार्वजनिक अडिओमा मञ्जु खाण र आरजुलाई करोडौं बुझाइएको उल्लेख छ।
![344074303_786567916409361_8955232622628705322_n1683716501.jpg](https://nepallive.net/uploads/posts/344074303_786567916409361_8955232622628705322_n1683716501.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।