काठमाडौं- प्रतिनिधि सभाको जारी बैठकमा ‘विदुषी सांसद्’को ठाउँमा ‘विदेशी सांसद’ सुनिएपछि केहीबेर नोकझोक चलेको छ। नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले आफ्ना भनाइ राख्ने क्रममा उक्त कुरा आएको हो।
उनले लिखित वक्तव्य पढ्ने क्रममा उनले ‘नयाँ पुस्ताका विदुषी’ सांसद् भन्ने खोजेकी थिइन्। तर, सुन्नमा नयाँ पुस्ताका विदेशी सांसद सुनियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले आफूहरुतर्फ इंगित गरेको ठान्दै नियमापत्ति गरे।
सांसद गणेश पराजुलीले अनुभवी र अग्रज माननीय सदनमा प्रयोग गर्ने भाषा सम्मानित नभएको भन्दै आपत्ति जनाए। उनले भने, ‘कसलाई इंगित गर्न खोजिएको छ। के हाम्रो संविधानले विदेशीलाई पनि निर्वाचित गरेर ल्याएको छ? भाषा सभ्य नभएको हुँदा रेकर्डबाट हटाइयोस्।’
त्यसपछि सांसद् न्यौपानेले समय माग्दै आफूले विदेशी नभइ विदुषी भनेको र उक्त कुरा लिखित वक्तव्यमा रहेको स्पष्ट पारिन्। सांसद न्यौपानले वक्तव्य दिएको समयमा भने विदेशी नभइ विदुषी नै सुनिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।