फाइल तस्बिर
काठमाडौं- नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीमाथिको अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निर्णय लिएको छ।
मंगलबार बसेको पार्टीको सचिवालय बैठकले एमाले कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक र कानुनपूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने निर्णय लिएको पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए।
‘विधिको शासन मान्ने र कानुनको शासन मान्ने पार्टीले विधिपूर्वक र कानुनपूर्वक भए गरेका काममा हामीले सहयोग पुर्याउनुपर्छ’, उनले भने।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सघाएको भन्दै एमाले सचिव रायमाझीमाथि पक्राउ पुर्जी जारी भएको छ। तर उनी भने सम्पर्कविहीन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।