फाइल तस्बिर
काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको हो।
सचिवालय बैठकमा एमालेको वैशाख २८ देखि ३० गतेसम्मका लागि आह्वान गरिएको केन्द्रीय कमिटीको अजेन्डा तय गर्ने बताइएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई सहयोग पुर्याएकोमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध प्रक्राउ पुर्जी जारी भएको छ। रायमाझी भने सम्पर्कविहीन छन्।
सो लगायतका समसामयिक विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।