काठमाडौं- राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रुपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताएकी छिन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले यस्तो माग गरेकी हुन्।
जनताले वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेको उल्लेख गर्दै अपराधलाई संरक्षण गर्नु नहुने उनको भनाइ थियो। देवकोटाले भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुपमा नै नेपालको छवि नराम्रो बनाएको बताउँदै यो प्रकरणबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्न माग गरिन्।
उनले भनिन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रुपमा गम्भीर ढंगले छानबिन गर्नुपर्छ। जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेका छन्। अपराधलाई संरक्षण गर्नु हुँदैन। यो मुद्दाले अन्तर्राष्ट्रिय रुपमा नै नेपालको छवि नराम्रो बनाएको छ। निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइ दोषीलाई कारबाही गर्न माग गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।