काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका निकायहरू नचल्दा राज्यका सबै अंगप्रति जनताको भरोसा टुटेको बताएका छन्।
कानुन दिवसका सन्दर्भमा शुभकामना दिँदै पोखरेलले नियन्त्रण र सन्तुलनको सिद्धान्त नहुँदा राज्यका निकायमा स्वेच्छाचारिता बढेको उल्लेख गरे।
शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका निकायहरू नचल्दा राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएको छ,’ उनले भनेका छन्, ‘नियन्त्रण र सन्तुलनको सिद्धान्तको अभावमा राज्यका निकायहरूमा स्वेच्छाचारिता बढ्दै गएको छ।’
राज्य कमजोर हुने र सामाजिक अराजकता बढ्दै जाने आजको परिस्थितिले नै चरम आर्थिक संकट उत्पन्न भएको उनले औंल्याएका छन्।
‘मुलुकलाई सही बाटोमा अघि बढाउन नियन्त्रण र सन्तुलन कायम गर्न शक्ति पृथकीकरणको सिद्धान्तलाई स्थापित गरौं कानुन दिवसले हामी सबैलाई त्यस मार्गमा अघि बढ्न प्रेरित गरोस्,’ एमाले महासचिव पोखरेलले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।