काठमाडौं– आज (मंगलबार) नेकपा एमालेको सचिवालयको बैठक बस्दै छ। बैठक मंगलबार बिहान ११ बजे बस्ने जनाइएको छ।
बैठकले पार्टी केन्द्रीय कमिटीको बैठकका अजेन्डा तय गर्ने बताइएको छ। एमाले केन्द्रीय कमिटीको बैठक वैशाख २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा बस्दै छ।
एमाले सचिवालय बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीका केही नेताविरुद्ध लागेको आरोपका विषयमा पनि छलफल हुने जनाइएको छ।
मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। बैठकमा मंसिर ४ को आम निर्वाचन र वैशाख १० को उपचुनावको नतिजाबारे समीक्षा हुने बताइएको छ।
यस्तै, चुनावपछि सञ्चालित ‘मिसन ग्रासरुट’ अभियानको प्रभावकारिताको विषयमा पनि समीक्षा हुने नेताहरुले जनाएका छन्। केन्द्रीय कमिटीको बैठकअघि अजेन्डा लगायत तय गर्न सोमबार केन्द्रीय कार्यालय र मंगलबार सचिवालयको बैठक बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।