काठमाडौं– प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सिफारिस भएको छ। सिंहदबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठकले कार्कीको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत सिफारिस गरेको हो।
सर्वोच्च अदालत १६ महिनादेखि कामुको भरमा चल्दै आएको थियो। आजको बैठक कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई नै प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने अजेण्डा रहेको थियो। यसअघि पनि परिषद्को बैठक बसेको थियो।
उक्त बैठकमा नेकपा एमाले तयार नभएपछि रोकिएको थियो। बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख इन्दिरा राना र कानुनमन्त्री धनराज गुरुङ उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।