काठमाडौं– संवैधानिक परिषद्को बैठक सुरु भएको छ। सिंहदबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो।
बैठकको मुख्य अजेण्डा सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको विषय रहेको छ। सर्वोच्च अदालत १६ महिनादेखि कामुको भरमा चल्दै आएको छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई नै प्रधान न्यायाधीशका लागि सिफारिस गर्ने अजेण्डा रहेको छ। यसअघि पनि परिषद्को बैठक बसेको थियो।
उक्त बैठकमा नेकपा एमाले तयार नभएपछि रोकिएको थियो। बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना , उपसभामुख इन्दिरा राना र कानुनमन्त्री धनराज गुरुङ उपस्थित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।