काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली पार्टीलाई सुधार गर्न सक्रिय हुनुपर्ने बेला आएको बताएका छन्।
उनले अब नेतृत्व रिसाउला भनेर चुप लागेर बस्ने बेला नभएको टिप्पणी गरे। ‘सुधारको अपेक्षा सबैले गरेको स्थिति छ। अब नेतृत्वलाई मर्यादा पुग्दैन कि, अथवा नेतृत्व चिडिन्छ कि, अथवा म जिम्मेवार मान्छे हुँ यो सिस्टमभित्रै बसेर कहिले बदलिन्छ पर्खेर बस्नुपर्छ भन्ने स्थिति अब हुनुहुँदैन। अब सुधार गर्न नै सक्रिय हुनुपर्छ भन्ने मलाई लाग्छ,’ सांसद पौडेलले भने।
उनले नेपाली कांग्रेस अहिलेकै अवस्थामा रहन नसक्ने भएकाले युवाहरुले अब नयाँ रुपमा अघि बढाउनुपर्ने बताए। हाल महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवामाथि प्रश्न उठाइरहँदा उनले पनि यस्तो टिप्पणी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।