काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई खेदीखेदी हत्कडी लगाउने र कसैलाई संरक्षण गर्ने कुराको जवाफ एमालेले दिने बताएका छन्।
सोमबार युवा संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कसैले व्यक्तिगत रुपमा भ्रष्टाचार गरेको कुरालाई एमालेको समर्थन नरहने प्रष्ट पारे।
उनले भने,‘भ्रष्टाचारीलाई एमालेले संरक्षण गर्दैन। तर एमालेका विरुद्ध कथाकथित यसलाई पनि तान, उसलाई पनि तान भनेर निर्देशन दिने, भ्रष्टाचार छोप्ने, भ्रष्टाचारी लुकाउने, कसैलाई खेदीखेदी हत्कडी लगाउने, कसैलाई भगाउने, कसैलाई सोधपुछ नै नगर्ने, कसैलाई संरक्षण गर्ने, कसैको नाम आउने वित्तिकै मुद्दालाई गुपचुप गर्ने, पछि उजुरपाजुरपछि बाध्यताले ती मान्छे समाउने दुष्साहसको जवाफ एमालेले दिन्छ।’
उनले आफूमाथि ढुंगा हान्दा देउवाले सहानुभूति देखाएको र प्रधानमन्त्रीले वास्ता नगरेको बताए। उनले प्रधानमन्त्रीसँग दुई घण्टा कुरामा भ्रष्टहरु नछुटून् भनेको बताए। उनले प्रधानमन्त्रीले अनावश्यक रुपमा फसाउन उद्दत रहेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।