काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सबैभन्दा पुरानो तर नयाँ पार्टी भनेकै एमाले भएको बताएका छन्।
सोमबार युवा संघको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘सबभन्दा नयाँ दर्शन भनेको मार्क्सवादी दर्शन हो। त्यो भन्दा नयाँ दर्शन कुनै पनि छैन। त्यसैले नेपालमा सबैभन्दा पुरानो र नयाँ पार्टी पनि एमाले नै हो।’
ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ इंगित गर्दै ४ महिना, ६/८ महिना अगाडि खोलेका पार्टीले बुढो विचार बोकेका कारण नयाँ नहुने जिकिर गरे। उनले बोतल नयाँ भए पनि रक्सी पुरानै भएको बताए। कहाँ पुग्ने योजना र भिजन बिना अघि बढ्न नसकिने उनको भनाइ थियो।
ओलीले कुनै बेला माओवादीले २४० सिटमध्ये १२० सिट माओवादीले ल्याएको स्मरण गर्दै कहिले-कहिले यस्तो हुने र पोखिएर सकिने दाबी गरे। उनले छोटो आयु भएको चिज छिटो बढ्ने गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।