काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि रकम माग गरेको अडियो सार्वजनिक भएर कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा बिन्दबासिनी कंसाकारलाई निर्वाचन आयोगले सांसद बनाएको छ।
आयोगले कंसाकारलाई आइतबार सांसदको प्रमाणपत्र समेत दिएको थियो। सोमबार मात्रै सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठको पक्षमा अल्पकालीन आदेश दिएको छ। उक्त अडिओ प्रकरणपछि कारबाहीमा परेका श्रेष्ठ सर्वोच्च पुगेका थिए।
सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले तत्काल कारबाहीको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ। रास्वपाले ढाकाकुमारको ठाउँमा समानुपातिक सांसदका लागि कंसाकारलाई सिफारिस गरेको थियो। नगर्न रास्वपालाई अन्तरकालीन अन्तरिम आदेश दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।