काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा स्वर्णिम वाग्लेले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सर्जरी नै गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै सांसद वाग्लेले उक्त कुरा बताएका हुन्।
अर्थशास्त्री वाग्लेले बजेटका प्रथमिकताहरु यथास्थितिवादी निबन्ध जस्तो रहे पनि केही सकारात्मक ट्रेलर भने देखिएको बताए।
‘मलाई लाग्छ, अर्थमन्त्रीले केही ट्रेलर देखाउनुभएको छ। धेरै उत्साह त छैन तर आसा छ, नीति तथा कार्यक्रम र बजेटसम्म पुग्दा थप उत्साह जगाउन सक्नुहोस्,’ सांसद वाग्लेले भने,‘सर्जरी नै खोजिरहेको अर्थतन्त्रमा झारफुक गरेर हामी उम्कने अवस्था छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।