काठमाडौं- संसद्मा वस्त्र उतारेर अर्धनग्न बनेकै दिन सांसद् अमरेशकुमारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकुत सम्पत्तिको छानबिनका लागि उजुरी परेको छ। सर्लाहीका विकास ठाकुरले विवरणसहित अख्तियारमा उजुरी हालेका हुन्।
राजनीतिबाहेक अन्य पेशा र व्यवसाय नभएका उनको सम्पत्ति अनपेक्षित रुपका बढेको उल्लेख गरिएको छ। पैत्रिक सम्पत्ति जम्मा डेढ विघा जमिन र एउटा मोटरसाइकल भएका उनले राजनीतिमा आएपछि करोडौं कमाएको उक्त उजुरीमा उल्लेख छ।
सिंह आफ्नै र आफन्तको नाममा रहेको सम्पत्ति विवरण उजुरीकर्ताले २० बुँदामा प्रस्तुत गरेका छन्। आफू बयान दिनसमेत आउनेगरी दायर गरेको उजुरीमा राजनीतिमा संलग्न भएपछि उक्त सम्पत्ति जोडेको बताएका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकमा सिंहले बोल्न नपाएको भन्दै वस्त्र उतारेका थिए। आफू भ्रष्टाचारविरुद्ध बोल्न चाहेको तर सभामुख देवराज घिमिरेले समय नदिएको उनको गुनासो थियो।
यस्तो छ उजुरी :
1683539501.jpg)
1683539500.jpg)
1683539501.jpg)
1683539500.jpg)
1683539500.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।