काठमाडौं- रास्वपाका सांसद डा स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकता यथास्थितिवादी निबन्ध जस्तो रहेको टिप्पणी गरेका छन्।
संसदमा सरकारले प्रस्तुत गरेको विधेयकमाथि सोमबार भएको छलफलमा सहभागी हुँदै सांसद वाग्लेले उक्त टिप्पणी गरेको हुन्।
‘अर्थमन्त्री भन्नुहुन्छ- आर्थिक वृद्धि गराइदिन्छु, सुशासन दिन्छु, जलवायु परिवर्तनको असर न्यूनीकरण गरिदिन्छु, संघीयताको सवलीकरण गर्छु, सामाजिक न्याय दिन्छु, निजी क्षेत्रको मनोबल उकास्छु। तैपनि आज किन खल्लो छ माहोल? किन हामी उत्साहहीन कर्मकाण्डमा सामेल भइरहेको जस्तो अनुभूति भइरहेको छ।’
यथास्थितिवादी निबन्धले सम्पूर्ण नीति, योजना र बजेट निर्माण र शासकीय प्रक्रिया नै अविश्वसनिय भइरहँदा सच्चिने, सुधार्ने, सपार्ने गुन्जायास नभेटिएको उनको टिप्पणी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।