काठमाडौं- सांसद तथा रास्वपा सभापति रवि लामिछानेले सरकारले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकता विगतका वर्षहरुको जस्तै कर्मकाण्डी योजनामा रहेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै सांसद लामिछानेले उक्त आरोप लगाएका हुन्।
‘अर्थमन्त्रीले विगतका वर्षहरुभन्दा फरक नरहेको विनियोजन विधेयक प्रस्तुत गर्नुभएको छ। विगतका वर्षहरुका वाक्य र शब्दमा हेरफेर गरेर कर्मकण्डी रुपमा आएको हामीले ठानेका छौँ,’ सांसद लामिछानेको प्रश्न छ, ‘अहिले अर्थतन्त्र असाधरण अवस्थामा छ। असाधारण अवस्थामा रहेको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन र सर्वसाधरणलाई राहत दिन सधैंको जस्तो कर्मकण्डी योजनाले के होला?,’
उनले आसाका पुलिन्दा पस्किने हो कि व्यावहारिक र समाधानमुखी नीति अंगिकार गर्ने भन्दै प्रश्न गरेका छन्। ‘असफल नीति र प्रक्रियालाई निरन्तरता दिने कि नयाँ र सिर्जनात्मक प्रक्रिया अबलम्वन गर्ने? वर्षेनी गरिनेछ भन्ने तर पूरा नगर्ने बजेटले जनताको विश्वास कसरी बढाउँछ?,’ लामिछानेले भने।
सांसद लामिछानेले असाधरण रुपमा साधारण खर्च कटौती गर्न सरकारलाई आग्रहसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।