काठमाडौं- एमाले सांसद तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षाको नाममा वितरणको प्रतिस्पर्धा रहेको बताएका छन्।
आइतबारको प्रतिनिधि सभामा अर्थमन्त्री डा प्रकाशशरण महतले विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकताहरु प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथिको छलफलमा हुँदै प्रतिनिधि सभामा सांसद पौडेलले उक्त कुरा बताएका हुन्।
‘सिद्धान्त र प्रथमिकतामा भनिएको छ, सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने। सामाजिक सुरक्षाको क्षेत्रमा केकस्ता समस्या छन्, हामी त्यसमा प्रवेश गर्न चाहेका छौँ कि छैनौं? अहिले सामाजिक सुरक्षाको नाममा रकम वितरणको प्रतिस्पर्धा छ,’ सांसद पौडेलले भने,‘यो वितरणको प्रतिस्पर्धा तीन तहको सरकारमा पनि छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।