काठमाडौं– कोका–कोला नेपालले ‘युथ डायलग’ कार्यक्रम प्रस्तुत गरेको छ। कार्यक्रममा तीन प्यानलिस्टहरू– ब्लाइंड रक्सका संस्थापक/अध्यक्ष सृष्टि केसी, मिडिया व्यक्तित्व, लेखक तथा फिल्म निर्माता सम्पदा मल्ल र प्रसिद्ध ब्याण्ड ‘कुटुम्ब’का सदस्य तथा ‘प्रोजेक्ट सारंगी’ का गुरु किरण नेपालीको उपस्थिति थियो।
‘युथ डायलोग’ कार्यक्रमको प्रमुख विषय प्रेरणा र करियर रहेको थियो। उक्त विषयमा आफ्ना व्यक्तिगत शीप र कौशललाई प्रयोग गरेर नेपालको परम्परागत समाजमा कलाकारितामा कसरी अवशरको सिर्जना सकिन्छ भन्ने बारेमा बहस भएको थियो।
२०० भन्दा धेरै विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रमले नेपाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरूलाई कलाकारितामा करियर बनाउने दृष्टिकोणका साथसाथै त्यसमा आउने चुनौतीको सामना गर्दै, उत्साह र प्रेरणादायक सल्लाह प्रदान गर्न सफल भएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।