तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर–५ आँधीखोला नजिक बुधबार ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।
यसरी मृत्यु हुनेमा जिल्लाको बन्दीपुर–१ बस्ने १२ वर्षीय आयुस भुजेल, सोही स्थानका ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ।
जिल्लाको डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको सुनमाया भुजेलको घरमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
त्यसैगरी ट्रकको ठक्करबाट घाइते भएका बन्दीपुर–१ बस्ने वर्ष ६ की आयुसा भुजेल, वर्ष १० की जस्मिन भुजेल, वर्ष १० का ईश्वर भुजेल, वर्ष ८ का समिर भुजेल र वर्ष ५ का सन्तोष भुजेलको उपचार भइरहेको छ।
दुर्घटनाको विषयलाई लिएर पूर्णरुपमा बन्द रहेको पृथ्वीराजमार्ग सडक दिउँसोदेखि सञ्चालनमा आएको तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।