• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

काठमाडौं महानगरपालिकाका कर्मचारीमाथि छानबिन गर्दै अख्तियार, ३२ कर्मचारीलाई भराइयो १६ पाने 

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १९, २०८०  १६:५८
1140x725

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका कर्मचारीमाथि छानबिन थालेको छ। मेयर बालेन शाहको आग्रहपछि अख्तियारले केही महिना अघिदेखि उनीहरुले बुझाएको सम्पत्ति विवरण अध्ययन थालेको थियो।

अख्तियार उच्चस्रोतका अनुसार मेयर शाहले नै महानगरका कर्मचारीको सम्पत्ति छानबिन गरी गैरकानुनी रुपमा आर्जन गर्नेहरुमाथि कारबाही गर्न भेटेर अख्तियारका आयुक्तहरुलाई आग्रह गरेका थिए। लगत्तै अख्तियारले महानगरमा कर्मचारीहरुले बुझाएको सम्पत्ति विवरण, उनीहरुको बैंक खाता, चल–अचल सम्पत्तिमाथि अध्ययन थालेको थियो।

अख्तियारका अनुसार केही दिनअघि मात्र महानगरका ३२ कर्मचारीलाई अख्तियारले १६ पाने फाराम भराएको छ। प्रारम्भिक अध्ययनमा उनीहरुको सम्पत्ति अस्वभाविक र स्रोत खुल्न नसक्ने देखिएकाले उनीहरुलाई त्यसबारेमा प्रष्ट पार्न विस्तृत विवरण उल्लेख हुने गरी फराम भराइएको हो।

१६ पन्ने फाराममा व्यक्तिगतदेखि सम्पत्तिसम्मका विवरणहरु भर्नुपर्छ। अख्तियारले यसअघि १६ पन्ने फारम भराउँदै आएको थियो। नवीन घिमिरे प्रमुख आयुक्त भएको पालामा भने १३ पन्ने फारमलाई १६ पन्ने पुर्‍याइएको थियो। 

१३ पन्नेबाट १६ पन्ने बनाउने क्रममा सम्पादकहरुसँगको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अख्तियारका तत्कालीन प्रमुख आयुक्त  घिमिरेले भनेका थिए, ‘इन्टेलिजेन्स समूहले गरेको अनुसन्धानका क्रममा अकुत सम्पत्ति आर्जन गरेको तथ्यहरू भेटिएमा मात्रै १६ पन्ने विवरण भराइने छ। हचुवाका भरमा कसैलाई पनि १६ पन्ने भराएर दुख दिने काम हुँदैन।’

महानगरमा अहिले करिब २१ सय जना कर्मचारी कार्यरत छन्। तीमध्ये करिब १०० जनालाई अख्तियारले पहिलो चरणमा अनुसन्धानको घेरामा ल्याएको छ। काठमाडौं महानगरपालिकाको विभिन्न महाशाखाका प्रमुख, विभागीय प्रमुख, शाखा प्रमुख, वडा सचिव, केही नगर प्रहरी, राजश्व, नक्सा पास गर्ने विभागका कर्मचारीलाई प्राथमिकता राखेर अख्तियारले अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस

ओलीले नियुक्त गरेका अख्तियार प्रमुख राईले यसरी उन्मुक्ति दिए मेयर शाक्य र प्रशासकीय अधिकृत ज्ञवालीलाई

अख्तियारले अहिले माथिल्लो तहका कर्मचारीहरु र खरिदारसम्म जसको धेरै पैसाको कारोबार वा आम उपभोक्तासँग जोडिने हुन्छ तिनिहरुबाट अनुसन्धान थालेको हो। त्यस्तै टेन्डरमा सहभागी हुने कर्मचारी र दैनिक रुपमा सेवाग्राहीसँग जोडिने कर्मचारीहरुलाई विस्तृत विवरण खुल्नेगरी फारम भराएको अख्तियार स्रोतले जनाएको छ।

अख्तियारले उक्त फारममा उनीहरुले बुझाएको विवरण र अनुसन्धानका क्रममा देखिएको सम्पत्तिकाबीचमा तुलना गर्ने, उनीहरुका नजिकका व्यक्ति तथा आफन्तहरुको नाममा गरेको कारोबार पनि हेर्ने तयारी अख्तियारले गरेको छ। पहिलो चरणमा फारम भरेका कर्मचारीहरुले महानगरमा सेवा सुरु गरेदेखि उनीहरुको नाममा रहेको बैंक खातासम्मको विवरण अख्तियारले मगाएर अनुसन्धान सुरु गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मेयर बालेन शाहको सचिवालयले पनि अख्तियारले अनुसन्धान गरिरहेको स्वीकार गरेको छ। मेयरमा निर्वाचित भएलगत्तै महानगरको भ्रष्टाचारमा आफूले काम गर्ने वाचा अन्तर्गत भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने अख्तियार र राष्ट्रिय सर्तकता केन्द्रलाई आग्रह गरिएको सचिवालयले जनाएको छ।

यो पनि पढ्नुहोस

७० करोडको ठेक्कामा मुछिएका मेयर विद्यासुन्दर शाक्यलाई उन्मुक्ति, ५ कर्मचारीविरुद्ध मुद्दा 

अख्तियारले पहिलो चरणमा अख्तियारको अनुसन्धानको घेरामा तानिएका कर्मचारीहरुलाई थप बयानमा पनि बोलाउने छ। ‘फारम भर्नेमध्ये कम्तिमा १०–१५ जना कर्मचारीहरुलाई हामी बयानमा बोलाउँछौं’, अख्तियार स्रोतले भन्यो, ‘त्यसमा केही विभागका प्रमुख, नगर प्रहरी र राजश्व तथा ठेक्कामा संलग्न हुने कर्मचारी छन्।’

अख्तियारले यसअघि विशेष अदालतमा भवन निर्माणमा दायर भएको मुद्दासँग जोडिएकाबाहेकका अन्य कर्मचारीमाथि पनि अनुसन्धान गरिरहेको छ। २०७८ मंसिर २९ गते अख्तियारले तत्कालीन मेयर विद्यासुन्दर शाक्यसहितका केही व्यक्तिलाई उन्मुक्ति दिँदै कर्मचारीलाई मात्र भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको थियो।

आयोगले गलत लिखत तयारी गरि योग्यता नै नपुगेको निर्माण कम्पनीलाई ठेक्का दिएको भन्दै ५ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले महानगरले ठेक्का दिएको समानान्तर जेभीको भवन निर्माणमा अनुभव नै नभएको उल्लेख गरेको थियो। तर उक्त कम्पनीलाई भने उन्मुक्ति दिइएको थियो।

Xtrem

Xtrem

अख्तियारले महानगरका तत्कालीन निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाई प्रमुख, निर्देशक बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। सरकारी कागज सच्चाउने काम गरी भ्रष्टाचारजन्य काम गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको थियो।

महानगरको टेकुमा कार्यालय भवन निर्माणको ठेक्का दिँदा सेटिङका आधारमा दिएको भनि अख्तियारमा परेको उजुरीमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको भेटिएको अख्तियारको आरोपपत्रमा दाबी गरिएको छ।

महानगरले भवन निर्माणको बोलपत्रमा ६ वटा कम्पनीको आवेदन परे पनि समानान्तरको मात्रै प्राविधिक प्रस्ताव पास गरिएको थियो। भवनको अनुमानित लागत ७९ करोड ४९ लाख ४ हजार ६ सय २३ रुपैयाँ रहेको थियो।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अ... शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद  शुरु भएको थियो । मोरङ प्रहरीले भने  दुई पक्षबीच सामान्य  विवाद... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्