• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

काठमाडौं महानगरपालिकाका कर्मचारीमाथि छानबिन गर्दै अख्तियार, ३२ कर्मचारीलाई भराइयो १६ पाने 

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १९, २०८०  १६:५८
1140x725

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका कर्मचारीमाथि छानबिन थालेको छ। मेयर बालेन शाहको आग्रहपछि अख्तियारले केही महिना अघिदेखि उनीहरुले बुझाएको सम्पत्ति विवरण अध्ययन थालेको थियो।

अख्तियार उच्चस्रोतका अनुसार मेयर शाहले नै महानगरका कर्मचारीको सम्पत्ति छानबिन गरी गैरकानुनी रुपमा आर्जन गर्नेहरुमाथि कारबाही गर्न भेटेर अख्तियारका आयुक्तहरुलाई आग्रह गरेका थिए। लगत्तै अख्तियारले महानगरमा कर्मचारीहरुले बुझाएको सम्पत्ति विवरण, उनीहरुको बैंक खाता, चल–अचल सम्पत्तिमाथि अध्ययन थालेको थियो।

अख्तियारका अनुसार केही दिनअघि मात्र महानगरका ३२ कर्मचारीलाई अख्तियारले १६ पाने फाराम भराएको छ। प्रारम्भिक अध्ययनमा उनीहरुको सम्पत्ति अस्वभाविक र स्रोत खुल्न नसक्ने देखिएकाले उनीहरुलाई त्यसबारेमा प्रष्ट पार्न विस्तृत विवरण उल्लेख हुने गरी फराम भराइएको हो।

१६ पन्ने फाराममा व्यक्तिगतदेखि सम्पत्तिसम्मका विवरणहरु भर्नुपर्छ। अख्तियारले यसअघि १६ पन्ने फारम भराउँदै आएको थियो। नवीन घिमिरे प्रमुख आयुक्त भएको पालामा भने १३ पन्ने फारमलाई १६ पन्ने पुर्‍याइएको थियो। 

१३ पन्नेबाट १६ पन्ने बनाउने क्रममा सम्पादकहरुसँगको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अख्तियारका तत्कालीन प्रमुख आयुक्त  घिमिरेले भनेका थिए, ‘इन्टेलिजेन्स समूहले गरेको अनुसन्धानका क्रममा अकुत सम्पत्ति आर्जन गरेको तथ्यहरू भेटिएमा मात्रै १६ पन्ने विवरण भराइने छ। हचुवाका भरमा कसैलाई पनि १६ पन्ने भराएर दुख दिने काम हुँदैन।’

महानगरमा अहिले करिब २१ सय जना कर्मचारी कार्यरत छन्। तीमध्ये करिब १०० जनालाई अख्तियारले पहिलो चरणमा अनुसन्धानको घेरामा ल्याएको छ। काठमाडौं महानगरपालिकाको विभिन्न महाशाखाका प्रमुख, विभागीय प्रमुख, शाखा प्रमुख, वडा सचिव, केही नगर प्रहरी, राजश्व, नक्सा पास गर्ने विभागका कर्मचारीलाई प्राथमिकता राखेर अख्तियारले अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस

ओलीले नियुक्त गरेका अख्तियार प्रमुख राईले यसरी उन्मुक्ति दिए मेयर शाक्य र प्रशासकीय अधिकृत ज्ञवालीलाई

अख्तियारले अहिले माथिल्लो तहका कर्मचारीहरु र खरिदारसम्म जसको धेरै पैसाको कारोबार वा आम उपभोक्तासँग जोडिने हुन्छ तिनिहरुबाट अनुसन्धान थालेको हो। त्यस्तै टेन्डरमा सहभागी हुने कर्मचारी र दैनिक रुपमा सेवाग्राहीसँग जोडिने कर्मचारीहरुलाई विस्तृत विवरण खुल्नेगरी फारम भराएको अख्तियार स्रोतले जनाएको छ।

अख्तियारले उक्त फारममा उनीहरुले बुझाएको विवरण र अनुसन्धानका क्रममा देखिएको सम्पत्तिकाबीचमा तुलना गर्ने, उनीहरुका नजिकका व्यक्ति तथा आफन्तहरुको नाममा गरेको कारोबार पनि हेर्ने तयारी अख्तियारले गरेको छ। पहिलो चरणमा फारम भरेका कर्मचारीहरुले महानगरमा सेवा सुरु गरेदेखि उनीहरुको नाममा रहेको बैंक खातासम्मको विवरण अख्तियारले मगाएर अनुसन्धान सुरु गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मेयर बालेन शाहको सचिवालयले पनि अख्तियारले अनुसन्धान गरिरहेको स्वीकार गरेको छ। मेयरमा निर्वाचित भएलगत्तै महानगरको भ्रष्टाचारमा आफूले काम गर्ने वाचा अन्तर्गत भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने अख्तियार र राष्ट्रिय सर्तकता केन्द्रलाई आग्रह गरिएको सचिवालयले जनाएको छ।

यो पनि पढ्नुहोस

७० करोडको ठेक्कामा मुछिएका मेयर विद्यासुन्दर शाक्यलाई उन्मुक्ति, ५ कर्मचारीविरुद्ध मुद्दा 

अख्तियारले पहिलो चरणमा अख्तियारको अनुसन्धानको घेरामा तानिएका कर्मचारीहरुलाई थप बयानमा पनि बोलाउने छ। ‘फारम भर्नेमध्ये कम्तिमा १०–१५ जना कर्मचारीहरुलाई हामी बयानमा बोलाउँछौं’, अख्तियार स्रोतले भन्यो, ‘त्यसमा केही विभागका प्रमुख, नगर प्रहरी र राजश्व तथा ठेक्कामा संलग्न हुने कर्मचारी छन्।’

अख्तियारले यसअघि विशेष अदालतमा भवन निर्माणमा दायर भएको मुद्दासँग जोडिएकाबाहेकका अन्य कर्मचारीमाथि पनि अनुसन्धान गरिरहेको छ। २०७८ मंसिर २९ गते अख्तियारले तत्कालीन मेयर विद्यासुन्दर शाक्यसहितका केही व्यक्तिलाई उन्मुक्ति दिँदै कर्मचारीलाई मात्र भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको थियो।

आयोगले गलत लिखत तयारी गरि योग्यता नै नपुगेको निर्माण कम्पनीलाई ठेक्का दिएको भन्दै ५ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले महानगरले ठेक्का दिएको समानान्तर जेभीको भवन निर्माणमा अनुभव नै नभएको उल्लेख गरेको थियो। तर उक्त कम्पनीलाई भने उन्मुक्ति दिइएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अख्तियारले महानगरका तत्कालीन निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाई प्रमुख, निर्देशक बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो। सरकारी कागज सच्चाउने काम गरी भ्रष्टाचारजन्य काम गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको थियो।

महानगरको टेकुमा कार्यालय भवन निर्माणको ठेक्का दिँदा सेटिङका आधारमा दिएको भनि अख्तियारमा परेको उजुरीमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको भेटिएको अख्तियारको आरोपपत्रमा दाबी गरिएको छ।

महानगरले भवन निर्माणको बोलपत्रमा ६ वटा कम्पनीको आवेदन परे पनि समानान्तरको मात्रै प्राविधिक प्रस्ताव पास गरिएको थियो। भवनको अनुमानित लागत ७९ करोड ४९ लाख ४ हजार ६ सय २३ रुपैयाँ रहेको थियो।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन प्रधानमन्त्री र पार्टी सभापतिबीच बुधबार भएको छलफलको निष्कर्ष अब बस्ने मन्त्रिपरिषद् बैठकका निर्णयमा देखिनेछ। बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति यसरी पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेन सरकारको ‘प्रेम’लाई आशंकाको दृष्टिले हेर्न थालिएको छ। सरकार विवादित नियुक्तिको पक्षमा अडिन... बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानी नोक्सानी र क्षतिको विव... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्