• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

डब्लुएचओको नेतृत्व अमेरिकालाई दिनेगरी पुनर्संरचना गर्ने ट्रम्प प्रशासनको प्रस्ताव

64x64
नेपाल लाइभ शुक्रबार, माघ २५, २०८१  १९:२८
1140x725

काठमाडौं– ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेतृत्वमा अमेरिकी नागरिक आउने गरी संगठनको पुनर्संरचना गर्ने प्रस्ताव गरेको तथ्य बाहिर आएको छ। 

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले दुई स्रोतबाट प्राप्त जानकारी र एक दस्तावेजको अध्ययनपछि ट्रम्प प्रशासनले संगठनको नेतृत्वमा एक अमेरिकी नागरिकलाई राख्ने प्रस्तावसहित पुनर्संरचना गर्ने चाहेको समाचार बाहिर ल्याएको छ।

यी सर्त अनुसार जाने भएमा अमेरिका डब्लुएचओको सदस्य रहिरहने प्रस्ताव उक्त दस्तावेजमा गरिएको रोयटर्सले जनाएको छ।

यो दस्तावेजका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको जनवरी २० को पदग्रहण अघि उनका सल्लाहकारहरूसँग छलफल गरिएको थियो। दस्तावेजमा उक्त प्रस्तावसहित अमेरिकाले शीघ्र रूपमा विश्व स्वास्थ्य संगठनबाट बाहिरिने घोषणा गर्नुपर्ने र संगठनसँग व्यवहार गर्ने ' कडा नयाँ रणनीति' अपनाउनु पर्ने लगायतका सिफारिसहरु छन्।

साथै, सन् २०२७ मा डब्लुएचओको हालका प्रमुख  टेड्रोस अधानोम गेब्रेयससको कार्यकाल समाप्त भएपछि संगठनको  महानिर्देशकको रूपमा एक अमेरिकीलाई नियुक्त गर्न पनि सुझाव दिइएको छ।

ट्रम्पले पद सम्हालेपछि जारी गरेका कार्यकारी आदेशहरूमध्ये एक विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णय थियो। यदि यो लागू भयो भने, सन् २०२६ सम्म विश्व स्वास्थ्य संगठन आफ्नो सबैभन्दा ठूलो वित्तीय सहयोगदाता गुमाउनेछ। आदेशमा विश्व स्वास्थ्य संगठनले कोभिड-१९ महामारीको गलत व्यवस्थापन गरेको र अन्य राष्ट्रहरूको अत्यधिक प्रभावमा रहेको आरोप लगाइएको छ, जुन संगठनले अस्वीकार गरेको छ।

ट्रम्पले भनेका छन् कि यदि विश्व स्वास्थ्य संगठन  'पारदर्शी' भएमा अमेरिका पुन:  फर्कन सक्नेछ, तर उनले सुधारका लागि के आवश्यक छ भन्नेबारे विस्तृत जानकारी दिएका छैनन्।

स्रोतहरूका अनुसार सुधार प्रस्ताव ट्रम्पले पद सम्हाल्नुअघि नै छलफलमा थियो, तर उनको प्रशासनले अन्य सिफारिसहरू लागू गर्नेछ वा छैन भन्ने अझै स्पष्ट छैन।

Ncell 2
Ncell 2
nimb
nimb

'प्रशासनले हालका प्रक्रिया र स्वास्थ्य निकायहरूको पुनरावलोकन गर्दै आवश्यक सुधारहरू लागू गर्नेछ,' ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले भने। उनले विश्व स्वास्थ्य संगठन सम्बन्धी कुनै विशेष छलफलबारे भने प्रतिक्रिया दिन अस्वीकार गरे।

ट्रम्पको ट्रान्जिसन टिमको अनुरोधमा विशेषज्ञद्वारा तयार पारिएको प्रस्ताव अनुसार विश्व स्वास्थ्य संगठन संयुक्त राष्ट्र एजेन्सी मध्य सबैभन्दा अव्यवस्थित र कम प्रभावकारी एजेन्सी बनेको निष्कर्ष निकालिएको छ।

प्रस्ताव अनुसार, विश्व स्वास्थ्य संगठनले विगत दुई दशकदेखि प्रस्तावित सुधारहरू लागू गर्न असफल भएको छ, जसका कारण व्यवस्थापन र वैज्ञानिक विशेषज्ञता खस्कँदै गएको बताइएको छ।

प्रस्तावले विश्व स्वास्थ्य संगठनबाट बाहिरिनु अमेरिकाका लागि हानिकारक हुन सक्ने कुरा स्वीकार गरेको छ, तर संगठन सुधार नगरेसम्म त्यसको सदस्य रहनु पनि हानिकारक नै हुने तर्क गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विश्व स्वास्थ्य संगठनका रूपान्तरण निर्देशक सोरेन ब्रोस्ट्रमले यी आरोपहरू अस्वीकार गरेका छन्। एक अन्तरवार्तामा उनले महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससको नेतृत्वमा विश्व स्वास्थ्य संगठनले अहिलेसम्मकै सबैभन्दा ठोस सुधारहरू गरेको दाबी गरे।

'हामीले पूर्ण रूपमा सुधार गरिसकेका छौँ, र हामी अझै सुधार गर्ने प्रक्रियामा छौँ,' उनले भने। उनले विश्व स्वास्थ्य संगठनलाई दाताहरूबाट स्वतन्त्र बनाउने, मुख्यालयबाहिरका देशीय निर्देशकहरूलाई थप स्वायत्तता प्रदान गर्ने र खर्चमा पारदर्शिता बढाउने कदमहरू चालिएको उल्लेख गरे।

उनका अनुसार, विश्व स्वास्थ्य संगठनको कार्यक्षेत्र अन्य संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूभन्दा व्यापक भएकाले जटिल देखिन सक्छ, तर स्वास्थ्य संकटहरूमा यसको प्रतिक्रिया अव्यवस्थित छैन।
'यदि सदस्य राष्ट्रहरूले थप सुधारका लागि अनुरोध गर्दछन् भने, हामी त्यसलाई कार्यान्वयन गर्नेछौँ,' उनले थपे।

विशेष दूत नियुक्त गर्ने प्रस्ताव
ट्रम्प प्रशासनको प्रस्ताव दस्तावेजले २०२५ मा एक अमेरिकी विशेष दूत नियुक्त गर्ने माग गरेको छ, जसले ट्रम्प र व्हाइट हाउसलाई रिपोर्ट गर्नेछ र अर्को वर्ष निर्धारित निस्कासन अघि विश्व स्वास्थ्य संगठन सँगको सम्भावित सुधारहरूको बारेमा सम्झौताहरूको निरीक्षण गर्नेछ।

हाल, विश्व स्वास्थ्य संगठनसँगको समन्वय अमेरिकी राज्य विभाग र स्वास्थ्य तथा मानव सेवा विभागद्वारा सञ्चालित छ। नयाँ विशेष दूतले विश्व स्वास्थ्य संगठनको नेतृत्वमा पहिलो पटक अमेरिकी अधिकारी नियुक्त गर्न पहल गर्ने बताइएको छ।

'अमेरिकी नेतृत्वको कमीले विश्व स्वास्थ्य संगठनमा अमेरिकी कोषको दुरुपयोग भएको छ र संस्थाको प्रभावकारिता खस्किएको छ,' प्रस्तावमा उल्लेख छ।

तर, विश्व स्वास्थ्य संगठनका रूपान्तरण निर्देशक सोरेन ब्रोस्ट्रमका अनुसार कुनै पनि सदस्य राष्ट्रले एक महानिर्देशक प्रस्ताव गर्न सक्छ र आफ्नो उम्मेद्वारलाई समर्थन गर्न सक्छ। विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डले प्रतिस्पर्धीहरूको छोटो सूची तयार गर्छ र त्यसपछि कम्तीमा दुई-तिहाई सदस्य राष्ट्रहरूको मत प्राप्त गर्ने उम्मेद्वारलाई भूमिकाको लागि चयन गरिन्छ।

अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो वित्तिय स्रोत हो, जसले हरेक वर्ष झण्डै १८  प्रतिशतरकम प्रदान गर्छ। सन् २०२३ मा अमेरिकाले ४०० मिलियन डलर स्वेच्छिक कोष र १३० मिलियन डलर अनिवार्य कोष उपलब्ध गराएको थियो।

तर, ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनसँग सहकार्य रोक्ने निर्णय गरिसकेको छ, जसमा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रसँगको समन्वय प्रतिवन्ध पनि समावेश छ।

हालै, ४३ जना अमेरिकी सांसदहरूले ट्रम्पलाई विश्व स्वास्थ्य संगठनबाट अलग हुने योजनालाई पुनर्विचार गर्न अनुरोध गरेका छन्। साथै, सार्वजनिक स्वास्थ्य क्षेत्रका अभियन्ताहरू समेत यस निर्णयको कानुनी चुनौती दिने तयारीमा छन्।

'अमेरिकाले विश्व स्वास्थ्य संगठन सुधारका लागि संस्थाभित्रै बसेर सुधारको पहल गर्नु राष्ट्रको हितमा हुनेछ,' जर्जटाउन विश्वविद्यालयका वैश्विक स्वास्थ्य कानुन विशेषज्ञ प्राध्यापक लरेन्स गोस्टिनले भने।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्