काठमाडौं – नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयको मातहतमा रहेको बढुवा समितिको २०८१ माघ २५ गते बसेको बैठकले यो निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रकाशित सिफारिस सूचीमा नेपाल प्रहरीका विभिन्न विभाग, कार्यालय, तथा शाखाबाट प्रतिनिधित्व गर्ने ७५ जना नायब उपरीक्षकको नाम उल्लेख छ । बढुवा सूचीको पहिलो नम्बरमा सुरेन्द्र प्रसाद जोशीको नाम छ । त्यसैगरी दोस्रोमा मिलन बस्नेत र तेस्रोमा राजकुमार सिंह र त्यसपछि राजन रायमाझीको नाम समावेश छ ।
सिफारिस सूची





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।