दाङ– रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
आइतबार दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका–६ राँक ताप्लाका लागि छुटेको जीप गंगादेवको ओइलाम नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा १५ वर्षीय तिलक वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उद्धार गरी उपचारका लागि तुलसीपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।