काठमाडौं– वीर अस्पतालको कुरुवा घरमाथिको छानो र रेलिङ खस्दा चार जना बिरामी कुरुवा घाइते भएका छन्। लगातारको वर्षापछि अस्पतालको कुरुवा घरको छानो र रेलिङ खस्दा चार जना कुरुवा घाइते भएका हुन्।
तीन जना महिला र एक जना पुरुष सामान्य घाइते भएको अस्पतालका कार्यकारी निर्देशक डा सन्तोष पौडेलले बताए।
उनले भने, ‘कुरुवा बस्ने घर माथिको छानो र इट्टाको रेलिङ खसेको हो। पहिले टिन बजारियो। अनि इट्टा खस्यो। हिजोदेखि पानी पर्दा छानो र इट्टा खसेको रहेछ।’
एक जना कुरुवाको टाउकोमा चोट लागेका कारण सिटि स्क्यान गर्न लागेको उनले जानकारी दिए। यद्यपि घाइते चार जनाको अवस्था नै गम्भीर नरहेको डा पौडेलले बताए।
1682846662.jpg)
1682846661.jpg)
1682846661.jpg)
1682846662.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।