काठमाडौं– बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका– २ पिपलभञ्ज्याङमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटना १ जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार पिपलभञ्जाङमा सडकबाट तल खसेको थियो। दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेमा सिन्धुलीको मरिण गाउँपालिका कपिलाकोट घर भइ काठमाडौंको गौरीघाट बस्ने ४३ वर्षीया सहारा प्रसाई र झापाको सुरुङ्गा– ४ का ४३ वर्षीय कुमार पुरी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले जानकारी दिए।
गम्भीर घाइते प्युठान नगरपालिका–८, प्युठानका योगेन्द्र थापाको सिन्धुली अस्पताल सिन्धुलीमा उपचार भइरहेको एसपी सिलवालले बताए। कारमा ३ जना सवार थिए।
अर्को सवारीलाई साडड दिने क्रममा अनियन्त्रित भएर कार भिरमा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ। कार सडकबाट करिब २० मिटर तल खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।