ओखलढुङ्गा– चट्याङ लागेर ओखलढुङ्गामा १ जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकी छन्।
शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी बुढाथोकीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो।
बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।
ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै २ जनाको मृत्यु भइसकेको छ। जिल्लामा वर्षेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।