काठमाडौं- शनिबार देशका विभिन्न स्थानमा कतै मौसम सफा रहने र कतै सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।