काठमाडौं- कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले सीता जयन्तीको अवसरमा शुभकामना दिएका छन्। शनिबार शुभकामना दिँदै उनले जगत जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पुत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन्। माता सीतालाई धैर्य, सहनशिलता र उदारताकी प्रतिमूर्तिका रूपमा लिइने उनले जनाएका छन्।
कार्यवाहक राष्ट्रपति यादवले मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत सीतालाई श्रद्धा गरिने उल्लेख गरेका छन्। यस अवसरमा लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भनी कामना समेत गरेका छन्।
कार्यवाहक राष्ट्रपति यादवले यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका छन्।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।