• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पूर्वराजालाई ‘श्वास फेर्न’ सिकाएकी फिजियोथेरापिस्ट

64x64
समर्पण श्री आइतबार, वैशाख १७, २०८०  ०७:५४
1140x725

‘एउटा कुरा सोधौं, हजुरको नाम के हो?’

फिजियोथेरापिस्ट निभाः बज्राचार्यलाई अनायास एक बिरामीले सोधे। निभाःले मैत्रीपूर्ण हाँसोका साथ उनलाई आफ्नो परिचय बताइन्। त्यसपछि ती बिरामीले जे भने त्यो शब्दले निभाःको अनुहारमा चमक थपियो। 

‘तपाईं यसरी बोल्नुहुन्छ कि त्यो बोलीले नै मेरो आधा दुखाइ कम हुन्छ, धेरैले यस्तै भन्छन्,’ तंग्रिएका बिरामीको प्रतिक्रियाले निभाःको हुटहुटी बढाइदियो।

हरेक नयाँ आउने बिरामीले सम्भावनाको बाटो अँधेरो देख्छन्। विस्तारै स्वास्थ्यमा देखिएका सुधारले भित्रका निराशा पातलिँदै जान्छन्। जब सुतिरहेको बिरामी बस्न सक्ने हुन्छन्, बसिरहेको बिरामी उठ्न। एक दिन ती बिरामी मुस्कुराउँदै हिँड्न थाल्छन्। त्यतिबेला निभाः सबैभन्दा खुसी देखिन्छिन्। यस्ता खुसीका क्षण उनको कर्ममा थपिइरहन्छन्। 

निभाःलाई हामीले केही दिनअघि ललितपुर कोपुण्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकमा भेट्यौँ। उनी बिरामीलाई फिजियोथेरापीका विभिन्न अभ्यास सिकाउनमा व्यस्त थिइन्। किशोरवयका ती बिरामीको दायाँ खुट्टामा कृत्रिम खुट्टा जडान गरिएको थियो। इन्फेक्सनका कारण ती बिरामीको खुट्टा काट्नुपरेको थियो। सिस्टमिक स्क्लेरोसिसको कारण खुट्टाको सेन्सेसन तथा जीउको सन्तुलन समेत गुमेको थियो। 

यस्तो अवस्थामा कृत्रिम खुट्टामा सन्तुलन कायम गरेर हिँड्न निकै कठिन हुन्छ। सात महिना अघिदेखि कृत्रिम खुट्टा जडान गरे तापनि उनी हिँड्न सकिरहेका थिएनन्। उसो त लगाइरहेको कृत्रिम खुट्टा पनि सही रहेनछ। ती बिरामीलाई नयाँ कृत्रिम खुट्टा जडान गरी प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकमा रिफर गरिएकको थियो। ‘आउँदा एकदमै निराश हुनुहुन्थ्यो। आमाले हात समाएर डोहोर्‍याउनुहुन्थ्यो। १५ दिनमा आफैं उठेर हिँड्न सक्ने हुनुभयोे,’ निभाःले सुनाइन्। 

कृत्रिम खुट्टा जडानपश्चात् पनि राम्ररी हिँड्न निश्चित र सही फिजियोथेरापी आवश्यक हुन्छ। तालिमप्राप्त फिजियोथेरापिस्टहरू नेपालमा पाउन कठिन छ।

निभाःकहाँ ती युवतीका भन्दा जटिल समस्या भएर हिँडडुल नै गर्न नसक्ने अवस्थाका बिरामी पनि आइपुग्छन्। उनले यस्ता अनगिन्ती बिरामीहरुलाई हिँडाएकी छिन्। केही समय पहिलाका एउटा बिरामी सम्झँदै उनले भनिन्, ‘आउँदा एउटा बिरामीको न राम्ररी हात चल्थ्यो न गोडा। उनी ६ महिनामा तन्दुरुस्त भएर हिँडेरै घर फर्किए। त्यो देख्दा निकै खुसी मिलेको थियो।’

Ncell 2
Ncell 2
nimb
nimb

डेढ दशक बढी भयो, निभाःले फिजियोथेरापी गर्न थालेको। यो अवधिमा उनले आफ्नो कामलाई सधैं प्रेम गरिन्। बिरामीलाई आफ्नो जसरी व्यवहार गरिन्। दशैंमा परिवारका सदस्य घरमा रमाइरहेका हुन्थे, उनी भने बिदामा पनि बिरामीलाई केही भयो कि भन्दै सोच्न थाल्थिन्। लाग्थ्यो, ‘कतै बिरामीको अवस्था झन बिग्रियो कि!’ त्यसपछि उनी हस्पिटल दौडिहाल्थिन्।

एक पटक काम विशेषले उनी बिदामा थिइन्। बिदा सकेर हस्पिटल पुग्दा ६ वर्षका बालक हेड इन्ज्युरीका गम्भीर बिरामी थिए। भेन्टिलेटरमा राखिएको ती बालकको छातीमा खकार जमेको थियो। बालक बाँच्दैनन् भनेर धेरैले आशा मारेको अवस्था थियो। चिकित्सकहरुले पनि आशा मार्न थालिसकेका थिए। छातीमा जमेको खकार निकाल्नका लागि फिजियोथेरापी गर्नुपर्छ।

बालकलाई फिजियोथेरापी धेरै आवश्यकता छ भन्ने निभाःलाई लाग्यो। आईसीयूमा सबैलाई भित्र बस्न दिइँंदैन। तर निभाःले बालकको आमालाई गाउन लगाएर भेन्टिलेटर वार्डमा प्रवेश गराउन हस्पिटलसँग अनुमति लिइन्। ‘बालकलाई आमाकै काँखमै आवश्यक पोजिसनमा राखेर फिजियोथेरापी गर्न थालेँ। दुई दिनमा छातीको खकार निकालियो। त्यसपछि बालक निको हुँदै गए। भेन्टिलेटरबाट निकालेपछि नियमित एक्सरसाइजले ठिक भए,’ निभाः सम्झन्छिन्। 

जब बा दुर्घटनामा परे...
निभाःले न्यूरो फिजियोथेरापीमा भारतको राजीव गान्धी विश्वविद्यालयबाट स्नातकोत्तर सकिन्। स्नातकपश्चात् सन् २००६ मा नेपाल फर्किएर उनले आफ्नो करिअर काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटलबाट फिजियोथेरापिस्टका रुपमा काम थालिन्।

बाल्यकालदेखिको सपना पछ्याएर यहाँसम्म आइपुगेकी थिइन् निभाः। 

महाराजगञ्जमा हुर्किएकी निभाःले बुझ्ने भएदेखि नै आफ्नो आमालाई एप्रोन लगाएर बिरामीको सेवामा खटिइरहेको पाइन्।

आमा बिन्दु बज्राचार्य वीर अस्पतालमा कार्यरत नर्स थिइन्। उनी आमासँगै हस्पिटल जान्थिन्। ‘ममी बिरामीको हेरचाह गर्नुहुन्थ्यो। म उहाँले गरेको काम नियालिरहन्थेँ,’ निभाः सम्झिन्छिन्। निको भएर गएका बिरामीहरू खुसी भएर फर्किएको देख्दा आमा सन्तुष्ट हुन्थिन्। आमाको अनुहारको खुसी देखेपछि निभाःले त्यतिबेलै सोचिन्, ‘म पनि  नर्स बन्छु।

कक्षा १० पढ्दै गर्दा नर्स बन्ने उनको सपनामा बदलाब आयो। अचानक निभाःका बा अनाररत्न बज्राचार्य बाइक दुर्घटनामा परे। घाइते बालाई निको पार्नका लागि एक जना फिजियोथेरापिस्ट आए। ‘जब बा निको हुनुभयो, मैले फिजियोथेरापिस्ट बन्ने निर्णय गरेँ,’ उनी सुनाउँछिन्।

उनी पहिलो पटक फिजियोथेरापी पढ्न सन् २००२ मा भारत गइन्। सुरुमा त बिरामी छुन पनि डराउँथिन्। शिक्षकले गाइड गर्दै गएपछि आत्मविश्वास बढ्दै गयो। जब बिरामी निको भएर घर फर्कन्थे, उत्साह झनै बढ्थ्यो।पढाइ सकेर फर्कँदा निभाः दुब्ली थिइन्। सानो देखेर बिरामीहरूले ठान्थे, ‘यति सानो मान्छे छ। कसरी ठिक पार्ला?’ उनले फिजियोथेरापीको विधिअनुसार बिरामीलाई एक्सरसाइज गराएर निको बनाएपछि फर्केर जानेहरू पनि खोजी–खोजी आउँथे।

पूर्वराजा–रानीका फिजियोथेरापिस्ट 
कोभिडको समय थियो। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल कोरोना संक्रमणका कारण नर्भिक हस्पिटलमा उपचाररत थिए। त्यतिबेला उनका एक जना बिरामी (जो स्वयं डाक्टर थिए)ले प्रस्ताव गरे, ‘पूर्वराजा रानीको थेरापी गर्नुहुन्छ?’

उनको प्रस्तावले निभाः झस्किइन्। ती बिरामीलाई उनको उपचार पद्धतिले प्रभावित पारेको थियो। उनको पूर्वराजपरिवारसँग आत्मीय सम्बन्ध थियो। ‘सुरुमा त द्विविधामा थिएँ। सँगै एक्साइटेड पनि,’ उनी सम्झिन्छिन। निभाः ‘कन्भिन्स्ड’ भइन्। नर्भिकबाट डिस्चार्ज भइसकेपछि उनी पूर्वराजपरिवार निवासमा ज्ञानेन्द्र र कोमललाई एक्सरसाइज गराउन गइन्।

सुरुमा पूर्वराजा–रानीलाई कसरी व्यवहार गर्ने थाहा थिएन। सहकर्मीको सहयोगमा विस्तारै सहज हुँदै गयो। पूर्वरानीलाई कोभिडको कारण एक्सरसाइज गर्न गाह्रो थियो। ‘अलिकति एक्सरसाइज गर्ने बित्तिकै अक्सिजन लेभल कम हुन्थ्यो। काउन्सेलिङ गर्दै, फकाउँदै गराएँ, धेरै मिहिनेतपछि सामान्य हुनुभयो,’ उनी सुनाउँछिन्।

‘पूर्वराजाको पनि एक्सरसाइज गर्नुपर्छ होला,’ एक दिन नर्सले निभाःलाई भनिन्। पछि कोमल र ज्ञानेन्द्रलाई सँगै राखेर एक्सरसाइज गराउन थालिन्। एक हप्ता जति गरेपछि ज्ञानेन्द्रले भने, ‘यो त पहिल्यै गर्नुपर्ने रैछ, हामीले ढिलो गरेछौँ।’

उनले ‘ब्रिदिङ एक्सरसाइज’ पनि सिकाएकी थिइन्। एक दिन ज्ञानेन्द्रले ठट्टा गर्दै भने, ‘हजुरले नसिकाएको भए त हामीलाई श्वास पनि राम्रोसँग फेर्न नआउने रहेछ।’

नियमित आउ–जाउ भएपछि पूर्वराजपरिवारसँग उनको सम्बन्ध आत्मीय बन्यो। ‘उहाँहरू यति रमाइलो हुनुहुन्थ्यो कि ट्रिटमेन्ट गर्दा आफ्नै परिवारसँग बसेको अनुभूत हुन्छ,’ निभाः सुनाउँछिन्। पूर्वराजारानी ज्ञानेन्द्र र कोमलको मात्र हैन, चिकित्सा क्षेत्रका विभिन्न लोकप्रिय चिकित्सकहरू समेत फिजियोथेरापी गर्न उनीकहाँ पुग्छन्। 

बिरामीमा सुधार नहुँदाको निराशा
बिरामीलाई प्रशस्त समय दिन नपाए निभाः सन्तुष्ट हुन्नन्। सन् २००५ तिर वीर अस्पतालमा भोलेन्टियर गर्दा उनी निराश बनेकी थिइन्। बिरामी धेरै हुन्थे, समय पर्याप्त थिएन। त्यो समय फिजियोथेरापिस्ट निकै कम थिए। टाढाबाट आउने बिरामीहरूसँग काठमाडौंमै बसेर नियमित उपचार गर्न खर्च हुँदैनथ्यो। आफूले सुझाएअनुसार थेरापी गर्न पनि बिरामीका आफन्त नजान्ने। 

एक पटक उपचार गरेको बिरामी अर्को पटक आउँदा फेरि उस्तै भइसक्थे। त्यतिबेला उनी आफ्नै कामसँग असन्तुष्ट थिइन्। उनले बुझेकी थिइन्, ‘बिरामीलाई पर्याप्त समय दिएन भने निको पार्न सकिन्न!’

यस्तै निराश उनी स्नातकोत्तर सकेर केएमसीको न्यूरो वार्डमा काम गर्दा भएकी थिइन्। अर्थोपेडिक वार्डमा काम गर्दा बिरामीहरू निको भएर हाँसी–हाँसी जान्थे। उनीहरूको खुसीले उनलाई सन्तुष्टि दिन्थ्यो। तर न्यूरो वार्डमा त्यस्तो भएन। आइसियूमा काम गर्दा बिरामी धेरैजस्तो कोमामा हुन्थे। बिरामी निको हुन महिनादेखि एक वर्ष पनि लाग्न सक्थ्यो। सुधार पनि निकै सानो–सानो हुन्थ्यो। ‘बिरामीको ट्रिट गरेको थुप्रै दिन बितिसकेको हुन्थ्यो। सुधार पर्खँदा–पर्खँदै आफैं फ्रस्टेड हुन्थेँ,’ निभाः सुनाउँछिन्। 

कामबाट घर फर्कँदा जहिल्यै आँखभरि आँसु जमाएर फर्किन्थिन्।

एक दिन निभाःले साथीलाई सुनाइन्, ‘मलाई बिरामी हेर्दाहेर्दै आफैं फ्रस्टेड भएको महसुस हुन थालिसक्यो।’ साथीले न्यूरोलोजी सम्बन्धी एउटा कोरियन फिल्म सुझाइन् निभाःलाई। ‘फिल्मको सन्देश थियो, कुनै–कुनै केस डाक्टरको हातमा हुँदैन। यद्यपि, हामी फ्रस्टेड हुनु साटो डिटोरेट हुने केसलाई क्वालिटी अफ लिभिङ इम्प्रुभ गर्‍यौंं भने त्यसमा सन्तुष्ट हुनुपर्छ,’ उनी सुनाउँछिन्। त्यसपछि उनी फ्रस्टेड होइन काममा झन् इन्जोय गर्न थालिन्। बिरामीको सेवामा झनै तल्लिन भइन्।

उनीहरूलाई अध्ययनका क्रममा सिकाइन्थ्यो, ‘होस नभए पनि बिरामीलाई वस्तु जसरी ट्रिट गर्नुहुन्न। आफ्नो मान्छे भनेरै गर्नुपर्छ।’

निभाःले त्यो कुरालाई मनन गरिन्। उनले बिरामीमा आएको स–साना सुधारमा पनि खुसी मान्न थालिन्। ‘भेन्टिलेटरमै गएको पेसेन्टलाई एक्सरसाइज गरायो भने चाँडै त्यहाँबाट निस्कन सहयोग पुग्छ। यदि उसले व्यक्त गर्न नसके पनि वार्डमा निस्केर डिस्चार्ज भयो भने उपलब्धि त्यही हो भनेर ठानेँ,’ निभाःसम्झन्छिन्।

अनुहारमा फक्रने समान हाँसो
निभाःसँगको १५ वर्षको अनुभवले भन्छ, ‘यो पेसामा रुखो हुन मनाही छ।’ 

कहिलेकाहीँ बिरामीको गाली सहनुपर्छ। किनकी, ऊ दुखेर आएको हुन्छ र दुखाइ सहन सक्दैन। यस्तो बेलामा उसलाई फकाउनुपर्छ, माया गर्नुपर्छ। पीडा सुनिदिनुपर्छ। आफ्नोपनको आभास दिलाउनुपर्छ। ‘यो मेडिकल्ली साथै भावनासँग ज्यादा जोडिएको काम हो। बिरामीको फ्रस्टेसन निकालिदिन सक्यो भने सजिलै निको गराउन सकिन्छ,’ निभाः भन्छिन्। थुप्रै बिरामीको उपचारमा उनले अपनाएको सूत्र पनि यही हो।

निभाःले सर्वसाधारदेखि पूर्वराजासम्मलाई ‘ट्रिटमेन्ट’ गरिन् र निको बनाइन्। 

‘सर्वसाधारणदेखि पूर्वराजासम्मलाई थेरापी गराउँदाको समानताचाहिँ के पाउनुभयो?’

निभाःले मुस्कुराउँदै जवाफ दिइन्, ‘निको भएपछि बिरामीको अनुहारमा जुन खुसी देखिन्छ, सर्वसाधारणमा पनि त्यही हुन्छ, राजामा पनि।’

र निभाःलाई सन्तुष्टि दिने तिनै मुस्कानहरूले हो!

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ०७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्