गुल्मी- गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुई जना महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका–२ र सत्यवती गाउँपालिका–३ मा ३५ र ३७ वर्षीया महिलाको मृत्यु भएको हो ।
शुक्रबार सत्यवती गाउँपालिका–३ की ३५ वर्षीया गीता सुनारको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ। यस्तै इस्मा गाउँपालिका–२ की ३७ वर्षीया मायाँ खत्री कुलोमा डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।
शव पोष्टमार्टका लागि गुल्मी अस्पताल ल्याइएको छ। दुवै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।