काठमाडौं- अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह मोटरसाइकल दुर्घटनामा परेकी छिन्।
शुक्रबार बिहान १०:३० बजे उनी काठमाडौंको कोटेश्वरमा सवारी दुर्घटनामा परेको उनका श्रीमान् केशव शाहीले जानकारी दिएका छन्।
उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। ठूलो क्षति हुनबाट जोगिएको उल्लेख गर्दै उनले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।