काठमाडौं– बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मान केन्द्रले जनाएको छ।
बिहीबार राति दहकोट केन्द्रविन्दु भएर छुट्टा–छुट्टै समयमा ३ पटक भूकम्प गएको हो। केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा ४.९, राति १ बजेर ३० मिनेटमा ५.९ र राती १ बजेर ५१ मिनेट जाँदा ३.९ रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पको क्षतिबारे भने अहिलेसम्म यकिन हुन नसकेको बताइएको छ। बाजुरा केन्द्रविन्दु भएर पहिल्लो समय भूकम्प जाने क्रम जारी छ। यही वैशाख ४ गते मात्रै बाजुराकै जुगाडा केन्द्रविन्दु भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।