काठमाडौं– नियमित खोप लगाउन छुटेका बालबालिका पत्ता लगाउन काठमाडौं महानगरपालिकाले वैशाख २४ गतेदेखि ३० गतेसम्म घरधुरी सर्वेक्षण गर्ने भएको छ।
स्वास्थ्य विभागका महाशाखा प्रमुख सजिना महर्जनका अनुसार पूर्ण खोप सुनिश्चितता र प्रमाणीकरण गर्न, पूर्ण खोप घोषणा सुनिश्चितता निर्देशिका बमोजिम खोप लगाउन छुटेका बालबालिकाको खोजी गर्न लागिएको हो।
यो खोजीबाट १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाहरुमा खोपको अवस्था पहिचान गरिने महाशाखा प्रमुख महर्जनले जानकारी दिइन्।
५ वर्ष उमेर समूहका बालबालिकाको जनसंख्याको आधारमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर खोजी तथा सर्वेक्षण कार्य हुनेछ।
यसबेला भेटिएका बालबालिकालाई वैशाख ३१ गते बोलाएर खोप दिने व्यवस्था मिलाइने महानगरपालिकाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।