• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख १०, २०८३ Thu, Apr 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

यो यो हनी सिंह : लामो बिरामीपश्चात् कमब्याक भएका सुपरस्टार

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १४, २०८०  ०८:०३
1140x725

यो यो हनी सिंह। यो नाम ती कलाकारको हो जो सूर्यजसरी चम्किए, तर उनीमाथि वर्षौंसम्म 'ग्रहण' लागिरह्यो। अब यी ‘देसी कलाकार’ फेरि आफ्नो प्रकाश फैलाउने तयारीमा छन्। 

यदि तपाईं र्‍याप संगीतको प्रशंसक हुनुहुन्छ भने हनी सिंहका गीतहरू तपाईंको प्लेलिस्टमा नहुनु असम्भव हो।

तर वर्षौंदेखि न त उनको हिट गीतहरू छन् न त सार्वजनिक रूपमा देखा परेका छन्। उनीसँग सम्बन्धित नकारात्मक समाचार मात्रै बाहिर आएका छन्। तर अहिले हनी सिंहले कमब्याक गर्दैछन्। 

उनले आफ्नो कमब्याकको नाम ‘हनी सिंह ३.०’ राखेका छन् ।

बीबीसीका लागि नयनदीप रक्षितले हनी सिंहसँग विशेष कुरा गरे र संगीत उद्योगमा आउनु, बिरामी, व्यक्तिगत जीवन र कमब्याकसँग सम्बन्धित धेरै प्रश्नको जवाफ मागे।

हनी सिंहले पनि आफ्ना धेरै पुराना अन्तर्वार्तामा आफूलाई बाल्यकालदेखि नै संगीतको शौक रहेको उल्लेख गरेका छन्।

हनी सिंहले भने, ‘मलाई सानैदेखि संगीतमा रुचि थियो। १३ वर्षको उमेरमा, म मेरो स्कूलमा प्रार्थनाको समयमा तबला बजाउने गर्थे। त्यसपछि तबला बजाउन बन्द भयो। तर घरमा सांगीतिक महोल थियो।’

‘सन् १९९९ देखि, मैले हिप-हप सुन्न थालेँ। एआर रहमानलाई धेरै सुनेँ। २०००बाट अन्तर्राष्ट्रिय हिप-हप सुन्न थालेँ। त्यसपछि मैले यस्तै केही गर्ने सोचें तर कसरी? बुझ्न सकिनँ। ०३ मा अन्डरग्राउन्ड र्या्परहरूका लागि बीटहरू बनाएको थिएँ। ०५ मा मैले अशोक मस्तीसँग पहिलो पटक गीत कम्पोज गर्ने मौका पाएँ र मैले 'खड्के ग्लासी तेरे नाल...' गीत बनाएको थिएँ जुन सुपरहिट भयो। त्यसपछि पनि मेरो काम थिएन।’

nimb
nimb
Ncell 2
Ncell 2

उनले भने, ‘त्यसपछि सन् २००७ मा म संगीत निर्देशकको रूपमा पञ्जाब गएँ। त्यसअघि मलाई लेख्न आउँदैन थियो। संगीत बनाउन मात्र आउँथ्यो। त्यसपछि विस्तारै लेख्न र र्‍याप गर्न थालेँ।’

हनी सिंहका अनुसार उनले सानै उमेरमा काम गर्न थालेका थिए। उनको काम सफल भयो र केही वर्षमै पञ्जाबमा स्टार भए। तर दिल्ली, मुम्बई र मेट्रो सिटीमा खास पहिचान थिएन।

यसपछि हनीले आफूलाई लन्च गर्ने निर्णय गरे। उनी भन्छन्, ‘मैले मेरो पहिलो गीत ब्राउन रङ र दुकन चल पडी बजारमा ल्याएँ।’

कसरी चम्किए? 
करिअरको सुरुवाती दिनको चुनौतीबारे हनी सिंह भन्छन्, ‘म केही नयाँ प्रयास गर्न चाहन्थेँ। तर मानिसहरूले विश्वास गर्दैन थिए। नयाँ गर्नका लागि समर्थन गरिरहेका थिएनन्। 

त्यतिबेला हनीले दिलजीत दोसाँझले पनि आफूलाई विश्वास नगरेको बताए। 

उनी भन्छन्, ‘दिलजीत सन् २००९ मा आफ्नो एल्बमका लागि मकहाँ आउनुभएको थियो। उहाँले मलाई संगीत निर्माताको रूपमा साइन गर्नुभयो।’

हनी सिंह बताउँछन्, ‘दिलजीतसँगको कुराकानीको क्रममा मैले उहाँलाई अहिले सम्म के गरिरहेकी छु वा अर्को लेभलको काम गर्ने भनेर सोधेको थिएँ। दिलजीत पनि अर्को लेभलको काम गर्न राजी हुनुभयो र एल्बमको नाम पनि यही हो। २००९ देखि ०१० सम्म, एल्बमको डिजाइन गरिएको थियो। यसमा एक हिपप गीत पनि राखिएको थियो- 'पंगा'। जुन पछि ठूलो हिट भयो तर एल्बम रिलिजको समयमा, दिलजीत पहिले रिलिज गर्न तयार हुनुभएन।’

 ‘यो यो’ नाम कसरी आयो?
आफ्नो नामको कथा हनी सुनाउँछन्, ‘हनी मेरो उपनाम हो र 'सिंह' मेरो थर हो। पहिले एल्बमको पछाडि संगीत निर्देशकको सानो फोटो राख्थे र नाम राख्थे। जब पाँच वर्ष बित्यो। म्युजिक बनाउने र पञ्जाबमा बेस्ट म्युजिक डाइरेक्टरको अवार्ड पाएपछि अब मैले मेरो प्याकेजिङ गर्नुपर्छ भन्ने लाग्यो।’

‘त्यसपछि यो-यो नाम थपियो। जसको अर्थ 'तपाईँको' हो। उहाँले मलाई त्यसरी नै बोलाउनुहुन्थ्यो र त्यही भएर नाम आयो।’

हनी सिंहको कमब्याक ३.० 
हनी सिंह ‘खर्गे ग्लासी’ देखि ‘देशी कलाकार’ सम्मको यात्रालाई पहिलो बिन्दु मान्छन्। त्यसपछि बलिउडमा सुपरहिट गीत दिएर पनि आफ्नो व्यक्तिगत पहिचान बनाउन सफल थिए उनी। तर बिरामी भएका कारण उनको यात्रामा केही असहजता भयो। अब उनी कमब्याकको तयारीमा छन्। कमब्याकलाई हनी तेस्रो चरण मान्छन्। 

हनी सिंह करिब पाँच वर्षसम्म वेपत्ता रहे। तर नजिकका प्रियजनहरूले उनलाई कहिल्यै छोडेनन्। उनी भन्छन्, ‘मेरा शुभचिन्तकहरू सात वर्षसम्म मेरो साथमा उभिए। सायद यही कारण हो कि मैले ३.० को बारेमा सोच्न सकेको।’

लागुऔषधको आरोप
हनी सिंह भन्छन्, ‘जब मैले डोप-शप जस्ता गीत गाएँ। पञ्जाबमा मेरो पुत्ला जलाइयो। तर मैले कसैलाई ध्यान दिइनँ। किनभने धेरै मानिसले माया गरिरहेका थिए। यस्तो गर्ने केही मुट्ठीभर मानिस मात्र थिए।’ 

लागुऔषत दूर्व्यसनीको आरोपबारे उनले खोले, ‘यसले मलाई खासै फरक परेन। यदि म लागुपदार्थको दुर्व्यसनी थिएँ भने सम्बन्धको रूपमा यति धेरै माया गर्ने फ्यान कसरी पाएँ।’

हनी सिंहका अनुसार शाहरुख खानसँग विश्व भ्रमणमा जाँदा उनी पहिलो पटक बिरामी परेका थिए।

उनी भन्छन्,  ‘त्यतिबेला हामी अमेरिकामा एउटा शो गरिरहेका थियौं। म स्टेजमा कार्यक्रम गर्दै थिएँ। तर मेरो स्वास्थ्य यति बिग्रियो कि मैले चलिरहेको शो छाड्नुपर्योा। यसबाहेक स्टार प्लसमा एउटा रियालिटी शो चलिरहेको थियो। बन्द भयो। त्यो बेला म दुर्घटनामा परें। मलाई डिप्रेसन र चिन्ता मात्र थिएन, त्यो भन्दा धेरै केही भएको थियो। यो एक भयानक मानसिक स्वास्थ्य समस्या थियो जसले मलाई नराम्ररी हल्लायो।’

उनले सुनाउँदै गए, ‘मैले परिवारका सदस्यलाई भने अब काम हुँदैन, घर लैजानुहोस्। किनकि म कन्ट्रयाक्टमा बाँधिएको थिएँ, परिवारका सदस्यहरूले मुद्दा चल्छ भने।  तर मैले म घर जानुपर्छ भनेँ।’ 

हनी सिंह स्टेजमा थिए। उनले एउटा गीत पनि गाए तर दोस्रो गीतको बिचमा उनी रोकिए।  उनले थप गाउन सकेनन्, त्यसपछि फराह खान, अभिषेक र दीपिका पादुकोण ब्याक स्टेजबाट नाच्दै आएर मञ्चबाट यसरी लिएर गए। जसरी यो एउटा प्रस्तुति नै हो। 

हनी आफ्नो रोगबारे भन्छन्, ‘यो रोग यति ठूलो थियो कि मलाई निको हुन पाँच वर्ष लाग्यो।’

टुरमा शाहरुख खानले उनको खराब स्वास्थ्यबारेथाहा पाएपछि हनीसँग कुरा गरे र अवस्था बुझे। 

‘बिरामी भएका पाँचवर्ष म बिरामी थिएँ। ती वर्षहरू मैले मोबाइल छोइनँ, तर यसबीचमा अक्षय कुमारसँग दुईपटक कुरा गरें। दीपिका पादुकोणले डाक्टरकहाँ जान सल्लाह दिनुभयो।’

हनी सिंह भन्छन्, "मानिसहरूले मेरो बारेमा धेरै किसिमका कुराहरू फैलाए तर सत्य कसैलाई थाहा थिएन।"

नेटफ्लिक्समा वृत्तचित्र
हनी सिंहको जीवनमा नेटफ्लिक्समा एक डकुमेन्ट्री पनि बनिरहेको छ। हनीले ती सात वर्षको अन्धकारबारे यस वृत्तचित्रमा विस्तृत रूपमा कुरा गरेका छन्।

उनी भन्छन्, ‘अहिले मान्छेहरू देख्दा धेरैलाई यो समस्या बन्दै गएको पाउँछु, तर परिवारका सदस्यहरू यसबारे बोल्न पनि लाज मान्छन्। म यस्तो अवस्थामा थिएँ कि पागलहरू सडकमा घुम्छन्। होइन। म पनि त्यस्तै बनेको थिएँ। डेढ वर्षसम्म म त्यो पागल जस्तै बाँचेको थिएँ। मेरो केस त्यो स्तरमा बिग्रिएको थियो।’

यद्यपि हनी आफूलाई धेरै भाग्यशाली मान्छिन् उनी। किनकि हनीले यस्तो परिवार पाए जसले उनलाई बीचमा छोडेन।

र हरेक पाइलामा साथ दिए। हेरचाह गरे र आफ्नो खुट्टामा उभिने प्रयास गर्न निरन्तर मद्दत गरे। सक्षम हुन मद्दत गरे।

बीबीसी हिन्दीबाट नेपालीमा भावानुवाद

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा
व्यवसायी शेखर गोल्छा पक्राउ
सम्बन्धित सामग्री
भारतीय गायिका आशा भोसलेको निधन मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्मयहरूले उल्लेख गरेका छन् । आइतबार, चैत २९, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
ताजा समाचारसबै
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन बिहीबार, वैशाख १०, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
सिरहामा मोटरसाइकलले ठक्कर दिँदा बालिकाको मृत्यु बिहीबार, वैशाख १०, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा सर्वोच्चद्वारा सरकारसँग स्पष्टीकरण माग बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा बुधबार, वैशाख ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्