• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

राजनीतिले जनताको जीवनलाई छुनुपर्छ भन्ने मान्यता उपनिर्वाचनले स्थापित गरेको छः सन्तोष परियार

64x64
ईश्वर बराल मंगलबार, वैशाख १२, २०८०  १२:१६
1140x725

वैशाख १० को उपनिर्वाचन सर्वाधिक चासोको विषय रह्यो। तनहुँ- १, चितवन- २ र बारा- २ मा भएको यो निर्वाचनमा मुलत: मंसिर ४ को निर्वाचनमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी भर्सेस परम्परागत दलहरु आमने-सामने भए। तनहुँ- १ र चितवन- २ मा रास्वपाका उम्मेदवारले अभूतपूर्व मत पाएका छन्। बारा २- मा भने फरक परिदृश्य बन्ने सम्भावना छ। यद्यपि, त्यहाँ पनि मंसिर ४ कै निर्वाचनपछि मधेस प्रदेशको बलियो वैकल्पिक शक्तिको रुपमा उदाएको जनमत पार्टी भर्सेस परम्परागत पार्टीको प्रतिस्पर्धा हुने देखिन्छ। 

यो उपनिर्वाचनमा रास्वपाका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार आफ्ना पार्टीका उम्मेदवारलाई मत माग्न उक्त क्षेत्रहरु पुगेका थिए। विशेष गरी उनी तनहुँमा केन्द्रित थिए र चितवन र बारा पनि पुगेका थिए। निर्वाचनको परिणाम सार्वजनिक हुँदै गर्दा परियारसँग हामीले जनताले रास्वपाप्रति राखेको विश्वास केका लागि? भनेर सोधेका छौँ। परियारसँग गरिएको संवादको सम्पादित अंशः

रास्वपाले चितवन- २ र तनहुँ- १ मा जनताले गरेको अभूतपूर्व विश्वासलाई कसरी लिनुभएको छ?
यो परिणामले हामीलाई जिम्मेवारी थपेको छ। हामीलाई लोकतान्त्रिक पद्धति र हामीले प्राप्त गरेको राजनीतिक उपलब्धिप्रति विश्वास थियो। यद्यपि, हामीप्रति केही टीकाटिप्पणी छन् तर त्यो बुझेर गरेजस्तो मलाई लाग्दैन। 

हामी यो संविधानप्रति प्रतिबद्ध छौँ। मौजुदा लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउनुपर्छ भन्ने नै हाम्रो मान्यता हो। र, यही विषयहरुलाई जनतासामु प्रस्तुत गरेका थियौँ। व्यवस्था जे छ, त्यसैमा रहेर अवस्था परिवर्तन गर्नुपर्छ भनेका थियौँ। 

हामीले चितवन, तनहुँ र बाराका जनताको घरघरमा पुगेर ती विषयहरु सञ्चार गर्‍यौं। जसलाई जनताले विश्वास गरिदिनुभएको छ। यो विश्वासले हामीलाई अझै जिम्मेवार बनाएको छ। यसले नेपालको लोकतान्त्रिक प्रणालीलाई अझै बलियो बनाउँछ। अन्तत: राजनीतिक भनेको परिवर्तनशील छ र यसले जनताको जीवनलाई छुनुपर्छ भन्ने मान्यतालाई अहिलेको निर्वाचनले स्थापित गरेको छ।  

तपाईंहरुको पछिल्लो गतिविधिलाई लिएर जनताको धारणा के पाउनुभयो? 
मंसिर ४ को निर्वाचनपछि संसदमा हामीले जुन भूमिका बहन गरिरहेका छौँ, त्यसलाई जनताले असाध्यै गहिरो रुपमा नियालिरहनुभएको रहेछ। विशेष गरी म तनहुँको घरघरमा पुगेँ। त्यहाँ मैले जनताबाट हामीले संसदमा उठाएका मुद्दा र विषयलाई लिएर यसलाई कायम राख्दै थप बलियो ढङ्गले प्रस्तुत हुन सदासयता देखाएको पाएँ। 

अर्कोतर्फ, परम्परागत पार्टीहरुप्रति जनताको चित्त दुखाइ रहेको पाएँ। केही गरेनन्, असाध्यै परिवारवादी भए, देशलाई सुशासनतर्फ लगेनन्, हामीले पटकपटक माया गर्दा पनि हाम्रो जीवनको बारेमा, हाम्रा समस्याको बारेमा कुनै सुनुवाइ गरेनन् भन्ने जनताको आक्रोश मिश्रित आलोचना छ। त्यो स्वभाविक पनि हो। 

हामीप्रति भने एक किसिमको आसा छ। अब युवाहरुले गर्ने हो, तपाईंहरु गर्नुहोस्, हामीलाई हाताहाती केही पनि चाँहिदैन तर देश बस्न लायक बनाइदिनुहोस्। देशमा रोजगारी सिर्जना गरिदिनुहोस् भन्ने खालका कुराहरु गर्नुभएको छ। यिनै विषयलाई लिएर रास्वपाप्रति आसा हाम्रो पक्षमा उभार आएको भन्न सकिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसलाई हामीले पनि थेगेनौँ र उहाँहरुको इच्छा, आकांक्षालाई सम्बोधन गर्न सकेनौँ भने राजनीतिप्रति थप वितृष्णा सिर्जना हुन सक्छ कि भन्ने भय मलाई छ। त्यसलाई लिएर म व्यक्तिगत रुपमा गम्भीर पनि छु। 

तपाईंहरु छलफलमा पनि हुनुहुन्छ होला, जनताको विश्वासलाई कसरी टिकाइरहने भन्ने सन्दर्भमा। त्यसका लागि नेतृत्वले डिलिभरी पनि दिनुपर्ने हुन्छ। तर हाम्रो संयन्त्र एकदमै अवरोधक प्रकारको छ। जनताको यो अभूतपूर्ण विश्वासलाई रास्वपाले कसरी कायम राख्छ?
हाम्रो पार्टी भित्र यो विषयलाई लिएर सघन छलफल भइरहेको छ। जनताको विश्वासलाई हाम्रा क्रियाकलाप, हाम्रा राजनीतिक कार्यक्रम, हाम्रा नीति र हामीले समाजको मुद्दालाई कसरी सम्बोधन गर्छौं भन्ने कुराले नै देखाउने हो। अहिले एक किसिमको विश्वास छ। अहिले अमूर्त छ र त्यसलाई मूर्त बनाउन आगामी कदम, पार्टीले लिने नीति, राजनीतिक कार्यक्रम, हामीले ल्याउने विकासका कार्यक्रमले नै त्यो विश्वासलाई कायम राख्ने हो। 

यस विषयमा हाम्रो पार्टी भित्रका नेता साथीहरुसँग छलफल गरिरहेका छौँ। अहिले जसरी रास्वपाप्रतिको अकर्षण छ, त्यो आकषर्णलाई बढाउन सक्ने कार्यक्रमहरु ल्याउँछौँ। मुलत: हाम्रो ध्येय देश बनाउने नै हो। नेपालको जुन जैविक सम्भावना छन्, विकासका सम्भावना छन्, आर्थिक सम्भावना छन्, नेपाललाई न्यायसंगत बनाउने सम्भावना छ, यसलाई अब हाम्रा कार्यक्रमहरुबाट सम्बोधन गर्नुपर्छ र त्यो गर्न सक्यौँ भने यो विश्वासलाई कमसेकम अबको २०/२५ वर्ष कायम राख्न सक्छौँ। हामी यी विषयहरुमै छलफल गरिरहेका छौँ। यो बीचमा पनि पार्टीको नेतृत्वबीच छलफल भइरहेको छ। जनताले गर्ने भनेको विश्वास हो, जुन अमूल्य मतमार्फत गरिसक्नुभएको छ। अब भूमिका निर्वाह गर्ने हामीले हो र हाम्रा आगामी कार्यक्रमहरुबाट देखाउँछौँ।

उपनिर्वाचन भएका तीन वटा क्षेत्रमध्ये बारा- २ मा भने तपाईंहरुले सोचे जस्तो मत आइरहेको छैन। यसलाई कसरी लिनुभएको छ?
तनहुँ र चितवनलाई जसरी बुझ्यौँ, सम्भवत: बारालाई बुझ्नमा हामीमा केही कमजोरी रह्यो होला।अन्य दुई क्षेत्रभन्दा बारा अलिक फरक भूगोल पनि हो। त्यहाँको जनसंख्या फरक हो, त्यहाँको समाज फरक हो। त्यसलाई अलि मसिनोसँग बुझ्न सकेनौँ कि भन्ने मलाई लाग्छ। 

अर्कोतर्फ, बारा- २ राष्ट्रिय राजनीतिबाटै नियन्त्रित भयो। गठबन्धनका अन्य दलहरुले जुन किसिमको चुनावी राजनीति गर्नुभयो, त्यसलाई हामीले राम्रोसँग चिर्न सकेनौँ कि भन्ने पनि लागेको छ। यसका अलावा बारामा अन्य कुरा पनि रहे। त्यहाँ राष्ट्रिय राजनीति छ, त्यहाँ भूराजनीति छ र त्यहाँ मधेस-पहाडबीचको द्विविधा पनि छ। 

यद्यपि, त्यहाँ हामीले भरपुर मिहिनेत गर्‍यौं। मिहिनेत गराईमा कमी रहेन तर त्यसले पुगेन भन्नुपर्छ। तर यसलाई लिएर कसैलाई दोष दिनुपर्ने भने हैन। 

अन्त्यमा, अब रास्वपा तत्काल सरकारमा जान्छ वा जाँदैन? केही छलफल भएको छ पार्टीमा?
त्यस्तो छलफल अहिले भएको छैन। हाम्रो सुरुबाटै राजनीतिक स्थायित्व र सेवा प्रवाहमा जोड हो। त्यो मूल्यमा भोलि हुने राजनीतिक दिसा परिर्वतनका निम्ति खेल्नुपर्ने भूमिका हामी खेल्छौँ। निर्वाचन सकिने बित्तिकै जुन किसिमको टीकाटिप्पणी भइरहेको छ, हाम्रो ध्यान त्यतापट्टि छैन। हाम्रो ध्यान भनेको जनताले जसरी विश्वास व्यक्त गर्नुभएको छ, त्यसलाई कसरी जनताले अनुभूत गर्ने गरी, महसुस गर्ने गरी काम गर्ने भन्नेमै छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्