नयाँ दिल्ली (एजेन्सी) – सञ्जय लीला भन्सालीको बहुप्रतीक्षित फिल्म 'पद्मावती' को ट्रेलर सार्वजनिक भएको छ।
तीन मिनेटको ट्रेलरमा यसअघि भव्य फिल्म बनाएर बलिउडमा विशेष परिचय बनाएका भन्सालीको अर्को भव्य कलाको तारिफ गर्न बाध्य हुनेछन् । फिल्ममा दीपिका पादुकोण रानी 'पद्मावती' को भूमिकामा देखिँदै छिन् । यस्तै, शाहिद कपुर महाराजा रवल रत्न सिंह र रणवीर सिंह अलाउद्दीन खिलजीको चरित्रमा देखिनेछन्।
ट्रेलरमा नकारात्मक चरित्रमा अभिनय गरेका रणवीरको भयानक स्वरुप देख्न सकिन्छ । उनलाई मासु खाएको र युद्ध लडिरहेको देखाइएको छ । पछिल्लो पटक 'बेफ्रीके' फिल्ममा देखिएका रणवीरको यस्तो अवतारले पूरै ट्रेलरमा शाहिद र दीपिका छायामा परेको देखिन्छन्।

विशेष कुरा के छ भने, तीन मिनेटको ट्रेलरमा रणवीरको एउटा पनि संवाद छैन । जबकि महाराजा रवल रत्न र रानी पद्मावतीले भने राजपूतहरुको तारिफ गरिरहेको देख्न पाइन्छ।
हिस्टोरिकल ड्रामा यस फिल्मले पद्मावतीको भूमिकाका कारण केही समयअघि विवाद पनि खेपेको थियो । फिल्म डिसेम्बर १ मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।