काठमाडौं– भारतीय प्रहरीले खालिस्तानको माग गर्दै आएका अमृतपाल सिंहलाई पक्राउ गरेको छ। ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुखसमेत रहेका खालिस्तान समर्थक सिंहलाई पञ्जाब प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले गत १८ मार्चदेखि उनको खोजी गरिरहेको थियो। यसबीचमा उनका काकासहित अन्य कयौं साथीहरुलाईसमेत पक्राउ गरिएको थियो। तर केहीलाई राखेर अरुलाई छाडिएको थियो।
पञ्जाब प्रहरीले आफ्नो ट्विटरमा पक्राउबारे जानकारी दिएको हो। पञ्जाबको मोगाबाट सिंहलाई गिरफ्तार गरिएको हो।
साथै नागरिकलाई शान्ति र सद्भाव कायम राख्न प्रहरीले अनुरोध गरेको छ। साथै कुनै पनि झुट्टा खबर सामाजिक सञ्जालमा साझा नगर्न पनि अनुरोध गरेको छ।
सिंहले स्वायत्त राज्य (खालिस्तान)को माग गर्दै बएका छन्। कैयौं वर्ष दुबईमा रहँदै आएका सिंह एक वर्षअघि गत अगष्टमा भारत आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।