काठमाडौं- विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नम्बर ४ बाट २६ वर्षीया सुबुना बस्नेतलाई अघि सारेको छ। सो क्षेत्रमा नेपाली कांग्रेसका युवा नेता गगन थापाको नाम सिफारिस भइसकेको छ। एमालेबाट भने सांसद राजन भट्टराईको उठ्ने भएका छन्।
पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं १ र अर्का संयोजक उज्ववल थापा काठमाडौं ५ नम्बर क्षेत्रबाट चुनावी मैदानमा उत्रने तय भइसकेको छ।
आगामी प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार तय गरिएको हो। काठमाडौं क्षेत्र नम्बर ८ र ९ बाट पार्टीको केन्द्रीय समितिका सदस्य सुबुना बस्नेत, पुकार बम तथा मिलन पाण्डेलाई अगाडि सारिएको छ।
विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय महिला पत्रकारिता सञ्जालको कार्यसमिति सदस्य अनुपा श्रेष्ठलाई भने काठमाडौं ७ बाट संघीय प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय भएको छ प्रवक्ता रमेश पौड्यालले बताए।
चार वर्षअघि स्थापित विवेकशील नेपाली दल र ७ महिनाअघि स्थापित साझा पार्टीबीचमा एकीकरण भई विवेकशील साझा पार्टी निर्माण भएको थियो। एकिकरणपछि पार्टीले चुनाव चिह्न ‘तराजु’ प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।