काठमाडौं- औषधि बनाउन प्रयोग हुने बहुमूल्य जडिबुटी यार्सागुम्बा नेपालबाट केही बाहिरी मुलकमा निर्यात हुने गरेको छ। यार्सागुम्बा हङकङ, कम्बोडिया भियातनाम, सिंगापुर फ्रान्स, जर्मनी लगायतका देशहरुमा निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ।
चालु आर्थिक वर्ष (२०७९/८०) को ९ महिनामा नेपालले ३९ करोड २५ लाख ६१ हजार रुपैयाँको ६०८ केजी यार्सागुम्बा निर्यात गरेको छ। जसमध्ये सबैभन्दा बढी हङकङमा १८ करोड ८७ लाख २४५ हजार रुपैयाँको २७३ केजी यार्सागुम्बा निर्यात गरेको छ। दोस्रो कम्बोडियामा ११ करोड ९२ लाख ३१ हजार रुपैयाँको १७८ केजी निर्यात गरेको छ।
यस्तै भियतनाममा ४ करोड ३६ ला ९९ हजार रुपैयाँको ८८ केजी, सयुक्त राज्य अमेरिकामा १ करोड १४ लाख ९४ हजार रुपैयाँको १८ केजी यार्सागुम्बा निर्यात भएको छ। सिंगापुरमा १ करोड ३१ लाख ८२ हजार रुपैयाँको १४ केजी, ७१ लाख ३१ हजार रुपैयाँको १४ केजी चीनमा निर्यात गरिएको छ।
मलेसियामा ४७ लाख ७१ हजार रुपैयाँको ९ केजी निर्यात यार्सागुम्बा भएको छ भने बेलायतमा २० लाख ६३ हजार रुपैयाँको ८ केजी निर्यात गरेको छ। फ्रान्समा १० लाख २९ हजार रुपैयाँको ३ केजी, इटालीमा ९ लाख ७८ हजार रुपैयाँको २ केजी, जर्मनीमा २ लाख ३० हजार रुपैयाँको र दक्षिण कोरियामा २९ हजार रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ।
१० वर्षमा ३ अर्ब बढी भित्रियो
आर्थिक वर्ष २०७०/७१ देखि २०७९/८० सम्ममा यार्सागुम्बाबाट ३ अर्ब २१ करोड १५ लाख ३७ हजार रुपैयाँ भित्रिएको छ। आर्थिक वर्ष २०७०/७१ मा ४७ करोड ५८ लाख १२ हजार रुपैयाँको निर्यात भएको थियो। २०७१/७२ मा ४२ करोड ९९ लाख ९३ हजार रुपैयाँको निर्यात भएको थियो।
आर्थिक वर्ष २०७२/७३ मा ६८ करोड २६ लाख २१ हजार रुपैयाँको यासाृगुम्वा निर्यात भएको थियो। आर्थिक वर्ष २०७३/७४ मा २४ करोड ९१ लाख ८९ हजार रुपैयाँको निर्यात भएको थियो। आर्थिक वर्ष २०७४/७५ मा १३ करोड २८ लाख ६० हजार रुपैयाँको निर्यात भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा १७ करोड ९४ लाख ८ हजार रुपैयाँको निर्यात भएको थियो।
यस्तै आर्थिक वर्ष २०७६/७७ मा २० करोड २२ लाख ३५ हजार रुपैयाँको निर्यात भएको थियो। २०७७र/७८मा १५ करोड ७६ लाख २५ हजार रुपैयाँ निर्यात भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा ३० करोड ९२ लाख ३३ हजार निर्यात भएको छ। आर्थिक वर्ष २०७९/८०(चैत मसान्तसम्ममा) ३९ करोड २५ लाख ६१ हजार रुपैयाँको निर्यात भएको विभागको तथ्यांकमा छ।
निर्यात बढ्दै
चालु आर्थिक वर्षको ९ महिनामा नेपालले ३९ करोड २५ लाख ६१ हजार रुपैयाँको ६०८ केजी यार्सागुम्बा निर्यात गरेको छ। गत वर्षको यही अवधिमा २८ करोड १६ लाख ८२ हजार रुपैयाँको निर्यात भएको थियो। जसअनुसार गत वर्षको तुलनामा यस वर्ष ११ करोड ८ लाख ७९ हजार रुपैयाँले बढीको निर्यात भएको विभागको तथ्यांकले देखाउँछ।
यस्तै आर्थिक वर्ष २०७७/७८ को चैतसम्ममा १४ करोड ६५ लाख ५२ हजार रुपैयाँको मात्रै यार्सागुम्बा निर्यात भएको थियो। आर्थिक वर्ष २०७/७७ को चैतसम्ममा २० करोड ४ लाख २ हजार रुपैयाँको निर्यात भएको थियो। २०७५/७६ चैतसम्ममा १५ करोड ५३ लाख ८४ हजार रुपैयाँको निर्यात भएको थियो।
यार्सागुम्बा नेपालका २५ वटा जिल्लामा पाइने आकलन छ। विश्वमा ६८० प्रजातिका यार्सागुम्बा जस्तै देखिने च्याउ छन् भने नेपालमा ११ प्रजातिका छन्। नेपाल राष्ट्र बैंकको २०७१ को एक सर्वेक्षण अनुसार नेपालमा वार्षिक ३.२ मेट्रिक टन यार्सागुम्बा संकलन हुने गरेको पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।