काठमाडौं– जम्मू–कश्मीरको पुन्छ जिल्लामा भारतीय सेनाको सवारी साधनमा आगो लगाइँदा पाँच जना सैनिकको मृत्यु भएको छ। सेनाले एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा चरमपन्तीको हात रहेको बताएको छ।
सेनाका नर्दन कमान्ड हेडक्वार्टरको तर्फबाट जारी गरिएको बयान अनुसार दिउँसो करिब तीन बजे सेनाको सवारीमा चरम्पन्थीले बम फ्याँकेका थिए। त्यसका कारण आगलागी भएको सेनाले बताएको छ।
उक्त घटनामा राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु पुष्टि भएको छ। यी जवानहरु उक्त क्षेत्रमा जारी चरम्पन्थीको विरुद्धको एक अभियानका लागि तैनाथ थिए।
सेनाका अनुसार घटनामा गम्भीर घाइते भएका अन्य सैनिकलाई राजौरीको सैनिक अस्पतालमा उपचार गरिँदै छ। तत्काल आक्रमणकारीको खोजी भइरहेको र घटनाबारे विस्तृत विवरण संकलन गर्ने काम चलिरहेको बीबीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।