काठमाडौं– नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) अनुराग द्विवेदीले हालै गरिएको डीआईजी बढुवा सिफारिसविरुद्ध उजुरी दिएका छन्।
उनले लोक सेवा आयोगको उजुरी सुन्ने समितिमा उजुरी दिएका हुन्। बढुवा सिफारिसमा आफू छुटेको भन्दै एसएसपी द्विवेदीले उजुरी दिएको बताइएको छ। अर्का एसएसपी चक्रबहादुर सिंहले पनि उजुरी दिने तयारी गरेका छन्।
गृह मन्त्रालयले चैत २९ गते नेपाल प्रहरीका १३ जना एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको थियो।
बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा कुवेर कडायत, दोस्रो नम्बरमा केदार ढकाल र तेस्रो नम्बरमा विष्णु कुमार केसी छन्। उनीहरूको बढुवा भइसकेको छैन।
अब उजुरी सुन्ने समितिले अध्ययन र छानबिन गर्नेछ। यो प्रक्रिया पूरा गर्दा बढुवाको १३औं नम्बरमा सिफारिसमा भएका एसएसपी विकास राज खनाल अनिवार्य अवकाशमा जाने सम्भावना रहनेछ।
सम्बन्धित समाचार :
१३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस [सूचीसहित]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।