काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बालकवट पुगेका छन्।
अस्वस्थ रहेका ओलीको स्वास्थ्य अवस्था बुझ्नुका साथै संसद्मा रहेका विधेयकका विषयमा समेत छलफल गर्ने प्रधानमन्त्री, सभामुख र कांग्रेस सभापति बालकोट पुगेका हुन्।
संसद्मा विचाराधीन रहेको संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्य निरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरू बीचको छलफल जारी छ।
त्यही विषयमा समेत छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। सभामुख घिमिरेको पहलमा यसअघि २ पटक प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता समेत भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।