चितवन- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशलाई ढाँटेको बताएका छन्। आइतबार भरतपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले प्रक्रिया पूरा नगरी निर्वाचनमा प्रतिस्पर्धा गर्नु भनेको देश, जनता, कानुन, संविधानलाई ढाँट्नु भएको बताए।
भट्टराईले नेकपा एमालेलाई ७० वर्षसम्म पनि नआएका प्रश्नहरूको सभापति लामिछानेले ७ महिना नपुग्दै यति धेरै जवाफ दिनुपर्ने स्थितिको सिर्जना भएको टिप्पणी गरे।
उनले सभापति लामिछानेले दिएका भ्रष्टाचार, सुशासनका नारा जनतालाई भ्रम पार्नका लागि मात्रै भएको बताए। रास्वपा सभापति लामिछाने अर्ग्यानिक क्याण्डिडेट नभएको समेत भट्टराईको भनाइ छ। उनले लामिछानेले सार्वजनिक खरिद ऐनको विपरीत ठेक्कापट्टामा निर्णय गरेको भन्दै विरोध जनाए।
सचिव भट्टराईले जनतालाई ढाँटेकोप्रति ५ वर्ष प्रायश्चित गर्नुपर्नेमा लामिछाने चुनाव उठिरहेको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।