पर्सा- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आफू जनताको सेवक रहेको तथा हरदम जनताको सेवामा समर्पित रहने प्रतिवद्धता जाहेर गरेका छन्।
मन्त्री बनेपछि पहिलोपटक आफ्नो गृह जिल्ला पर्सा पुगेका मन्त्री रिजालले हरबखत आफूलाई मार्गदर्शन गर्न एवं सचेत गराउन समेत जिल्लावासीलाई आग्रह गरे।
मन्त्री रिजालले आफ्नो जन्मथलो जगरनाथपुरस्थित धर्मपुर गाउँमा क्रिकेट टुर्नामेन्टको उद्घाटन समेत गरे। गृह जिल्ला भ्रमणका क्रममा विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने मन्त्री रिजालको कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।